logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नागरिताको विवादमा धेरै नअल्झिऔ


  • जन आकाश
  • सोमबार, माघ २३ २०७९

यतिवेला नेपालमा नागरिताको बिषयले निक्कै चर्चा पाएको छ । यतिधेरै चर्चा हुनुमा अरु कुनै कारण होइन । विगत झण्डै एक दशक अगाडी नेपल फर्केर नेपालका टेलिभिजनहरुमा चर्चित कार्यक्रम प्रस्तुत गर्ने प्रस्तोता तथा हाल नेपाल सरकारको गृह मन्त्रालय संगाल्न पुगेका स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिता खारेज काण्डले यो बिषयलाई चर्चामा ल्याएको हो ।



नेपालमा नागरिता लिन नेपाली नागरिक जसको जन्म नेपालमा भएको र १८ बर्ष पुरा भएको नागरिकलाई सम्बन्धित स्थानीय वडाको सिफारिस, गाउको आफन्त वा गाउँले जो कसैको ५ जनाको मुचुल्काको आधारमा जिल्ला प्रसाशन कार्यलयले नेपाली नागरिक हो वा होइन भनेर जाच गरी कागजात प्रमाणित गरी नागरिता दिने गर्दछ । प्रमाण नपुगेको अवस्थामा नागरिता दिन जिल्ला प्रशासन कार्यालयले. दिदैन । नेपालको प्रक्रिया नै अहिलेसम्मको अभ्यासमा यहि देखिन्छ ।

हाल नागरिता खारेज भई पुनः नागरिता लिएका खारेज भएका गृहमन्त्री रवि लामिछानेले पनि विगतमा बशजको आधारमा नेपाली नागरिकको प्रमाण पत्र पेश गरेर नै नेपाली नागरिता लिएका हुन् । तर नेपालवाट केही समयको लागि अमेरिका गएका लामिछानेले त्याहाको नागरिता अर्थात अमेरिकी ग्रीनकार्ड लिएका रहेछन् । नेपालको नागरिकले विदेशी नागरिता अर्थात त्यस देशको नागरिक भईसकेपछि नेपालको नागरिता स्वत खारेज हुने कानुनी व्यवस्था अनुरुप लामिछानेको नागरिता खारेज भएको हो । उक्त खारेज भईसकेकै नागरिताको आधारमा लामिछानेले नेपाल फर्केपछि पनि सोही नागरितावाट नेपालमा गर्नुपर्ने काम, सुविधा लिदै आएका थिए । यो कानुनी रुपमा बर्जित नै हो ।
तर व्यवहारिक पक्ष उनि नेपाली नागरिकको अभिलेखमा नै छन् प्रक्रियाको तरिका थाहा नभएका कारण उनलाई समस्या परेको होला वा नेपालका शक्तिमा रहेका परिवारका नातेदारहरुले पनि यसैगरी विदेशी नागरिकसँग विवाह गरेर समेत विवाह गरेर गएको देशको नागरिता लिईसकेपछि पनि नेपालमा कार्यकारी पदहरुमा आशिन भएको घटना हेरेर रविले जानजान अटेर गरेको हुनसक्छ । त्यसैले कानुन सवैको लागि वरावर हुन्छ । कानुन नै सवै नागरिको बडापत्र हो । यो कानुन रविले मात्र उल्लघन गरेका छैनन् । विगतमा स्वर्गीय पुर्व प्रधानमन्त्रीकी छोरी सुजता कोइराला पराष्ट्रमन्त्री भइसकेकी छन् । त्यसैगरी हालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षको छोरी रेणु दाहाल भारतमा विवाह गरी गएकी तर भारतीय नागरिता नलिएको भन्ने छ । तर उनि भारतीय बुहारी हुन् । उनि पनि दोस्रो कार्यकालको लागि भरतपुर महानगरपालिको मेयर पदमा आशिन छिन् ।

यित नेपालमा देखिएका चर्चामा रहेका पात्रहरु हुन् । यस्ता कयौ पात्राहरु नेपालमा नदेखिएर बसेका थुप्रै पात्राहरु होलान् । यिनिहरु त नेपालमा नै जन्मेका नेपाली आमा–बुबाका छोराछोरीहरु नै हुन् । कानुनत प्रक्रियामा कतिपयले जानेर समयमा नै नागरिता सच्याएका कारण विवादमा आएनन् भने कतिपयले नजानेर पनि होला । यस्तो अभ्यास खोजिनीति कम भएर पनि सतहमा आएनन् । जसरी रविको नागरिताको बिषय सार्वजानिक भयो । कानुन भन्दा माथि कोही पनि हुनुहुदैन रहेछ कानुनी राज्यको पालना गर्नुपर्दो रहेछ भन्ने सन्देश जताततै प्रवाह भएको छ । यस घटनाले सवै नागरिकलाई सचेत गराएको छ । यो हुनु ठिक हो । रविले पनि पुनः प्रक्रिया पु¥याएर नेपाली नागरिता लिइसकेका छन् । अहिले नेपाली नागरिक हुन् ।

त्यो मात्र नभएर भारतमा जन्मेका तर नेपालका छोटो समयमा नागरिता लिएका र काठमाडौ, विराटनगर, विरगंज, बुटवल, चितवन लगायत क्षेत्रमा व्यापार गरेर वस्ने कतिपय भारतीयहरुले चै सजिलै नागरिता लियर भारतीय नागरिक पनि भइराखेका सत्य घटना कतिपय नेपाली सर्वसाधरणले थाहा नै नपाउने गरी समानुपातिक कोटावाट संसद भईसकेका समाचर समेत आउने गर्छ यस्ता बिषय चै झन जटिल हुन् ।

नेपालमा नेपाली आमा–बुबा वाट जन्मेका छोराछोरी देशमा रोजगार सृर्जना गर्न नसक्दा देशको अवस्थाले नै विदेशीनु पर्दाको समस्या र ति रोजगार गर्न गएको देशहरुको कानुनले तोकेको समयसम्म बसोवास त्यो देशमा गरेपछि दिइने नागरिताको आधारमा त्यसै देशको नागरिक हुने तर नेपालको माया मार्न नसकेर नेपाल नै फर्कने नेपाली बुबा–आमाका छोराछोरीलाई त नेपालको माया ह्रदृयमा नै हुने र्गछ नेपाल फर्केर पुनः नागरिताको प्रक्रियामा नजादा मात्र समस्या हो भावनामा समस्या होइन । नियतमा पनि समस्या हुदैन । आफ्नै सतन्तिलाई नियतमा समस्या छ भनेर सोच्नु कल्पना भन्दा बाहिरको कुरा हो । नेपाली आमा–बुबाका छोराछोरीहरुलाई कसैले त्यस्तो सोच्नु हुदैन ।
समस्या त अरु नै बन्दै छ । भारतमा जन्मेका, चीनमा जन्मेका, वा अन्य देशमा जन्मेका नागरिकहरु नेपालमा आएर कागजी रुपमा प्रमाण पु¥याएर नेपाली नागरिक भएका तर व्यवहारिक रुपमा भावना नेपाली हुन नसक्ने, नेपाली सस्कृति अगाल्न नसक्ने, नियतमा नै खोट बोकेर प्रवेश गरेका त्यस्ता विदेशी गर नेपाली नागरिता लिएका नागरिकहरुको बिषय चै खोजि हुनुपर्छ । त्यो याहा भइराखेको छैन । भईराखेको काम चै नेपाली समुदाय विचमा बिभाजन ल्याउने खालका नियोजित योजनाहरु नेपाली समाजमा आएका देखिन्छन् । नेपाली समुदायलाई अल्मतमा पारेर शिलशिलाबद्ध नेपालको अस्तित्वमा खतरा पार्दै गरेको बिषयमा खोजि चर्चा हुदैन । त्यस्तै यो रवि लामिछानेको नागरिताको बिषयमा सवै अलिझएको देखिन्छ । यो बिषयमा अल्झिनु ठिक होइन ।

एक खालका रवि लामिछानेको पक्षमा अर्को खालका बिपक्षमा यसरी समाज विभाजन भएर अल्झिने समय होइन । रविले प्रक्रिया पु¥याएनन् । पद गयो । प्रक्रिया पु¥याएर नागरिता लिएका छन् । फेरी निर्वाचनमा जालान् जित्लान आउलान् आउन् स्वागत गरौ । यो नै असल नेपालीहरुको काम हो ।

देश अर्थतन्त्रमा कमजोर बन्दै गएको, युवा दिनदिनै लाइन लागेर विदेशमा रोजगार गर्न गएको, गाउका घरहरु रित्तै हुन थालेको, उद्योग कलकारखाना बन्द हुदै गएका र नीजि उद्योग भएकाहरुले उद्योगले पाउने सुविधा मात्र लिएर विदेशी सामान नै नेपाली लेवल लाउदै बेचेको जस्ता समस्या देशमा छन् । नेपाली किशानले उत्पादन गरेका तरकारी नविकेर सडकमा फाल्नुपर्ने भरतीय कृषि सामग्री, वा अन्य देशवाट आएका कृषि सामग्री चै नेपालका घरघरमा पुग्ने यस्ता समस्याहरुसँग पो लड्नुपर्ने वेला विदेशीले बनाईदिएको मोवाईल बोकेर विदेशीले उत्पादन गरेको विस्कुट खाएर विदेशीले नै बनाईदिएको कपडा लगायर रविको पक्ष र विपक्षमा कुरा काटेर चोकमा अल्झिनु नेपाललाई पराधिन बनाउनु मात्र हो ।

यस्ता काम छोडेर कसरी हुन्छ नेपालको हित हुने अर्थात आर्थिक उन्नति गर्ने, नेपाललाई आत्मनिर्भर बनाउने काममा लाग्नु आजको नेपालीहरुको आवश्यकता छ । यस्ता देशको हितमा समाजको हितमा हुने काममा लागौ । अरुको पक्ष र विपक्षमा लागेर केही हुदो रहेनछ भन्ने विगतमा विद्रोह गरेका नेता, कार्यकर्ता, तिनको अवस्था हेरौ छर्लङग छ । त्यसैले काम गरे मात्र आम्दानी र विकास हुन्छ कुरा गरेर बस्यो भने अर्कासँग मागेर खानुपर्छ । त्यसैले काम गरौ आत्मनिर्भर बनौ । समस्या आएका ठाउँमा विवेक पु¥याएर लडौ । विवादहरुमा अल्झेर नबसौ । समस्याहरु मिलेर सावधान गरौ । सवै नेपालीहरु मिल्नुनै नेपालको हितमा हुन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend