जन आकाश
नेपालमा वेला वेलामा आउने मुख्य चर्चा मध्य पुर्व गृहमन्त्री तथा रवि लामिछानेले गरेको पत्रकार सम्मेलन अघि र पछि देशमा विवादका शव्दहरु बजारमा छरपष्ट छन् ।
बेरोजगार भएर बसेका काम गर्न अल्छी राजनीतिक पार्टीको म यो पदको त्यो पदको भनेर खुल्ला चउरहरुमा घाम तापेर दिन काट्नेहरुका लागि त यो चर्चा पनि दिन बिताउनका लागि सजिलो भएकै होला तर अनेकौ कठिनाई र समस्यासँग पैठेजोरी खेल्दै नेपालमा नै काम गर्छु,याही बाच्छु याही मर्छु नेपालनै मेरो स्वर्ग हो भनेर उच्च मनोवल राखि काम गर्ने नेपालीहरुलाई भने यस्ता राष्ट्रको महत्वपूर्ण अङगमा जिम्मेवारी संगाली आएका र संगालीरहेका निकायहरुमा नै विवाद र अविश्वास पैदा भएको देख्दा नेपालका उच्च मनोवल बोकेर हिडिरहेका तमाम देशभक्त नेपालीहरुलाई निरुत्साहित पार्ने काम भन्दा अरु केही हुन सक्दैन ।
रवि लामिछानेको नागरिता विवाद मात्र होइन उनले थालेको राजनीतिक अभियान पछि नै पक्ष र विपक्षमा नेपाली समाज विभाजन भएको थियो । त्यसको श्रृखला काही रोकिएन निरन्तर चल्दै आएको छ । यो यस्तै अवस्थावाट जाने हो भने नेपालमा द्धान्द्धको रुप यसैले लिन सक्छ भन्ने संकेत (रास्वका) पार्टी सभापति रवि लामिछानेले मितिः २०७९ साल माघ २२ गते गरेको काठमाडौको पत्रकार सम्मेलनमा बोलेका अभिव्यक्ति र त्यसपछि त्यसैको प्रतिवादमा उत्रिएको पत्रकार महासंघको सार्वजानिक बिज्ञप्ति, बिभिन्न सञ्चरमाध्यमले रविको विरुद्ध लेखेका हेडिङलाईनहरु र सामाजिक सञ्जालमा आएका बिभिन्न खालका धारणाहरुले द्धान्द्धलाई वल पु¥याउने देखिन्छ ।
विगतमा राज्यवाट असन्तुष्ट पक्षधरहरु सत्तामा पुग्न नपाएको झोकमा विद्रोह गर्ने गर्दथे त्यतिवेलाको अवस्था र चेतना त्यहिस्तरको थियो आजको परिस्थिति फेरिएर स्याटेलाईटको सरवरहरुवाट मोवाईलको इन्जिन, कम्प्युटरको इन्जिनवाट प्रवाह हुने बिषयले ठाउँ पाउछन र मानिसहरु उक्त सञ्जालवाट नै समुह हुदै शक्तिको रुपमा विकास हुन्छन् । त्यस्तै भुउपग्रह,कम्प्युटर,ल्यापटप, मोवाइलकोे इन्जिनहरुको प्रविधिक प्रयोगमा दख्खल राखेर मानिसहरुमा आफ्नो धारणा पु¥याई शक्ति आर्जन गर्न सफल रवि लामिछानेले गरेको पछिल्लो प्रगति हो ।
त्यो प्रगतिसँग कतिपयको स्वार्थ गासिएको होला प्रत्यक्ष कतिको अप्रत्यक्ष अरुकै तर उनि नेपाली आमा बुबाका छोरा हुन् । रविले नेपालको कानुनी प्रत्रिया नपु¥याई बस्नु उनको दम्भ हो । त्यसै बिषयलाई लियर बिषय प्रशंगभन्दा बाहिरका कुरा समेत जोडेर अनेक खालका लान्छाना लगाउनु पत्रकारिता गरिरहेका केही सञ्चारमाध्यमको पनि कमजोरी भएको देखिन्छ । कमजोरी दुवै तर्फवाट भएको छन् । रविले नागरिता पुनः प्रप्ति गरेका छन् ।उनले गल्ती सच्याएका छन् ।
पत्रकारहरुले तथ्य वाहिर ल्याउनु पत्रकारिताको धर्म हो । रविको नागरिताको विवाद पत्रकारहरुले नै बाहिर ल्याएका थिय । केही राजनीतिक आस्थामा भिन्नता राख्ने सञ्चार माध्यमले बिषयभन्दा बाहिरका कुरा उठायर रविलाई उत्तेजित पार्ने काम गरेकै हुन् । यस्तो अवस्थामा रवि सयमित हुनुप¥थ्यो तर उनि समालिन सकेनन् । त्यसको परिणाम उत्तेजित हुन पुग्यो केही शक्तिहरु यस्तै होस भन्ने चाहन्थे भयो त्यस्तै । नेपालका राजनीतिक अस्थिरतामा लैजाने शक्तिहरुको योजनामा यो विवाद पनि एउटा सानो हिस्साको रुपमा गएको छ ।
अन्य खालका तयारीहरु त नेपाललाई द्धन्द्धा फसायर हत्तियार बेच्नका लागि लागेको लाग्यै छन् । यसरी अरुले हाम्रो नेपालको कमजोरीमा खेल्ने खेल खेल्न नदिन लाग्नुपर्ने निकायहरु नै यस्ता विवादमा फसेर बस्नु नेपालको हितमा हुदैन ।
केही व्यक्तिका नाम आउलान्, चर्चा होलान् तर समग्र देशको हितमा यो काम हुदैन । त्यसकारण रवि र पत्रकार वीचमा भएका विवाद जसरी उठाउइदै छ । त्यो विवाद जारी राख्नु हुदैन । यसले राष्ट्रको हितमा काम गर्दैन ।सम्बन्धित निकायहरुमा भएको कमजोरी मम भनेर सवैले आत्मआलाचित हुनुभन्दा अरु विकल्प छैन । खोक्रो प्रतिष्ठा पालेर दम्भ देखाएउदै जादा कसैको पनि भलो भएको पाईदैन । त्यसैले यस्ता जग हसाउने विवाद बन्द गरौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend