logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार र कारोबारमा बृद्धी


  • जन आकाश
  • शुक्रबार, माघ २७ २०७९

 



काठमाडौ । नेपाल र छिमेकी मुलुक भारतको खुल्ला सिमानाको फाईदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार तथा कारोबारमा बृद्धी भएको छ । जस काकारण बैधानिक रुपमा कर तिर्ने व्यवसायीहरु मारमा परेका छन भने राज्यलाई प्राप्त हुने राजश्वको ठुलो हिस्सा पनि गुमिरहेको छ । बिश्वव्यापी महामारी कोभिड १९ का कारणले आक्रान्त भएका व्यवसायीहरु बैङ्कीङ नितिमा आएको नितिगत परिवर्तन तथा चर्को ब्याजले व्यवसाय धान्न मुस्किल भएको अवस्थामा यस किसिमका अवैध कारोवारका कारणले व्यवसायीहरु व्यवसायबाट नै पलायन हुने अवस्थामा पुगेको बिज्ञप्तिमा उल्लेख छ ।

यस्ता समस्याका कारण व्यवसायीहरु मात्रमा परेको नभई राष्ट्रलाई नै हानी भईरहेको सन्दर्भमा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ र वुटवल अटो इन्जिनियरीङ्ग एसोसियसनले संयुक्त रुपमा िजल्ला प्रशासन कार्यालय, रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन । व्यवसायी र राज्य दुबै पक्षमारमा परेको कारण यसलाई साझा समस्याको रुपमा लिई सरोकार वाला निकाय, संघसंस्था, भन्सार बिभाग तथा प्रहरी प्रसासनको संयुक्त पहलमा अवैध कारोवारलाई निरुत्साहित गर्ने र अवैध कारोवारीहरुलाई कारवाहिको दायरामा ल्यउनु पर्ने कुरा उक्त ज्ञापनप त्रमा जनाइएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend