जन आकाश
काठमाडौ । टाटा मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको जेनभोल्टज जेनेरेटरको छोटो समयमा नै उपभोक्ताहरुलाई मन जित्न सफल भइरहेको छ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को अनुसार सन २०२२ को बीचमा बिक्री वितरण सुरु गरेको टाटा जेनभोल्टज जेनेरेटरले छोटो अवधिमै नेपाली जेनेरेटर बजारको उल्लेखनीय अंश ओगट्न सफल भएको छ ।
कम्पनिले जनाएको अनुसार टाटा जेनभोल्टज जेनेरेटरको बिक्रीमा उत्साहजनक ढंगले वृद्धि भइरहेको छ । विभिन्न प्रयोजनहरुको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनुको साथै कम खर्चिलो पनि छ । त्यसैले बढी भन्दा बढी उपभोक्ताहरुमा यस प्रति आकर्षण देखिरहेको छ ।
टाटा मोटर्सको अन्तराष्ट्रिय स्तरको विकाश तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टरमा) डिजाइन, परिक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटर्सको डिजेल इन्जिन जडान गरिएको छ । सिपिसिबि २ सम्बन्धि उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरी उत्कृष्ट कार्यक्षमता देखाँउछ । यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तराष्ट्रिय स्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend