logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

नेशनल लाइफले खेलायो फुटसल,रबिन्द्र शाक्यको टोलिले जित्यो कप


  • जन आकाश
  • शनिबार, माघ २८ २०७९

 



काठमाण्डौ । चुस्त कार्य सम्पादनमा कर्मचारिको मानसिक स्वास्थ्य मात्रै होइन शारीरिक तन्दुरुस्ती पनि आवस्यक छ भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनिले अन्तर कर्मचारी फुटसल कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनिले ३६औं बर्ष प्रवेशको पुर्वसन्ध्यामा आयोजना गरिएको फुटसल कार्यक्रममा पुरुष तर्फ ४ खेल र महिला तर्फ २ टीमका बीच प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा पुरुष तर्फ रबिन्द्र शाक्य क्याप्टेन रहेको टीम प्रथम प्रज्वल सायमी क्याप्टेन रहेको टीम द्वितीय र पवन श्रेष्ठ तथा बिमल खनालको टीम तृतीय भएको थियो ।भने महिला तर्फ शर्मिला श्रेष्ठ क्याप्टेन रहेको टीम प्रथम र समिक्षा अधिकारी क्याप्टेन रहेको टीम द्वितीय भएको थियो ।

क्षेत्रीय प्रवन्धक सुमोद थापाको संयोजकत्वमा चाबहिलस्थित भत्केपुल धोवीखोला कोरिडोर स्थित धन्वन्तरि फुटसल परिसरमा खेलको आयोजना गरिएको थियो । कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्सका उपत्यका भित्रका सवै शाखा प्रशाखा अन्तर्गतका कर्मचारी हरुको उपस्थिति रहेको थियो ।

समाचारको स्रोत: जयराम बिडारी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend