जन आकाश
काठमाडौ । नेपालभारत सिमानामा रहेको बनबासा गड्डाचौकी नाकाबाट पछिल्लो समय मोटर पार्टस्, गाडिका पार्टपुर्जाहरुको अवैध ओसार पासार व्यापक रुपमा हुन थालेको जानकारी प्राप्त भएको छ । प्रहरी र प्रशासनको आँखै अगाडीबाट खुलेआम रुपमा दिल्ली, महेन्द्रनगर चल्ने बसबाट व्यापाक रुपमा अवैध मोटर गाडीका नक्कली पार्टपुर्जाको ओसार पसार भैरहदा नेपालका व्यापारीहरु ठुलो मारमा पर्नुका साथै उपभोक्ता ठगिने र सरकारले पनि ठुलो राजस्व गुमाइ रहेको त्याहका हाम्रा संवाददातााहरुले जानकारी दिएका छन् ।
दैनिक रुपमा आवत जावत गर्ने सयौं बस तथा अन्य गाडीहरु तथा साइकल, मोटर साइकलमा व्यापक रुपमा पार्टपुर्जाको तस्करी भैरहेको तर भन्सार कर्मचारी तथा प्रहरी प्रशासन खासै चासो राखेर काम नगरेको उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend