जन आकाश
काठमाडौं । प्रेम दिवसको छेको पारेर प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘समय’ सार्वजनिक भएको छ । प्राञ्जलकै शब्द, संगीत, निर्देशन र कमल रानाको एरेञ्ज, मिक्सङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्राञ्जललाई स्वरमा वेनिशा पौडेलले साथ दिएकी छन् ।
योगेश शाक्यको छांयकन, सम्पादन र कलर रहेको गीतको भिडियोमा अनु आचार्य, अनेल पौडेल, आशिस कुमार केसी र प्राञ्जलको अभिनय रहेको छ । प्रेम दिवसमा आफ्नो प्रेमीलाई प्रोपज गर्न तयार भएको युवतीले अर्कै युवालाई प्रपोज गरेपछिको घटनाक्रम भिडियोको कथामा वस्तु उनिएको छ । यथर्था घटना के हो भन्ने विषयमा भने सस्पेन्स राखिएको भिडियो निकै राम्रो बनेको छ । बुटवल, भैरहवा र लुम्बिनीका रमणीय क्षेत्रमा छायाँकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको रहेको सार्वजनिक कार्यक्रमा बताइएको थियो । उक्त गीतको भिडियोलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।
रुपन्देहीको भैरहवमाका स्थायि बासिन्दा प्रञ्जलको यसअघि सार्वजनिक भईसकेको छ । आफ्ना अन्य गीत जस्तै यो गीतले पनि दर्शक र स्रोताको साथ पाउने आशा राखेको प्रञ्जलले सार्वजनिक कार्यक्रममा बताएका थिए । ‘सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोता र दर्शकमाझ पस्किएको छौं, दर्शक र स्रोताले मनपराइदिनुहुन्छ भन्नेमा आशावादी छौं’, प्रञ्जलले भनेका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend