logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नाडाको ४६ औं वार्षिक साधारण सभाले के दियो सन्देश


  • जन आकाश
  • सोमबार, फाल्गुन १ २०७९

 



 

काठमाडौ । नाडाका अध्यक्ष धु्रव थापाको सभापतित्वमा मिति २०७९ माघ २७ गते नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सो साधारण सभा काठमाण्डौमा सम्पन्न भएको हो । सो साधारण सभाका प्रमुख अतिथि पौडेलले अटोमोबाइल सबैको लागि आवश्यक बन्दै गएको बताएका छन । उक्त साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल, र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा बस्तुगत परिषदका सभापति अञ्जन श्रेष्ठ लगायतले आ आफना धारणा राखेका थिए ।

अर्थमन्त्रीले दिए जबाफ

नाडाका अध्यक्ष थापाले सरकारले अटोमोबाइलका साधनहरुलाई विलासिताको वस्तु मात्रै मान्दै आएको भन्ने भनाईको जवाफ दिँदै अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अहिले यातायातको लागि सवारी साधन सबैको लागि आवश्यक बन्दै गएको बताएका छन । आर्थिक समृद्धिको लागि अटोमोबाइल क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने र यस क्षेत्रमा व्यवसायीहरुबाट हुँदै आएको प्रयाश ठूलो उपलब्धिमूलक भएको भन्दै उपप्रधान मन्त्री पौडेलले व्यवसायीहरुको प्रशंसा समेत गरे । उनले विद्युतीय सवारीको उपभोग बढाउनुपर्ने र यसका लागि धेरै ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याईने बताए । स्तरीय प्रदर्शनीस्थल नभएको भन्ने थापाको प्रश्नको जवाफ दिँदै उनले एउटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण सम्पन्न हुने अन्तिम चरणमा रहेको समेत स्मरण गराउदै काठमाण्डौमा पनि त्यस्तो प्रदर्शनीस्थल निमार्णका लागि प्रयाश गरिने बताएका थिए ।

सभामा बोल्दै उपप्रधान मन्त्री पौडेलले अहिले सवारी साधनहरु विलासिताका बस्तु नभई आवश्यकताको बस्तु भएको स्पष्ट रुपमा औंल्याउदै कुनै समय मोबाइल फोनलाई पनि विलासिताको बस्तु मानिएको उदाहरण दिँदै अहिले मोबाइल सबैैको अनिवार्य बने जसरी समयक्रम अनुसार एक पटकको विलासी वस्तु सधैंको विलासी नहुने धारणा व्यक्त गरे । यसैक्रममा उनले सवारी साधनलाई विलासी भनिने गरेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन । उनले दु्रत गतिमा विद्युतिय सवारीको उपयोग बढ्नुपर्ने आवश्यकता औंल्याउँदै यसो हुन सकेको खण्डमा इन्धनको लागि विदेशिने ठूलो परिमाणको विदेशी मुद्रा नेपालमा नै रोक्न सकिने समेत बताए । आफूहरु व्यवसायीका सुझाव सम्बोधन गर्न प्रयासरत रहने समेत पौडेले बताएका छन ।

१० बर्षमा नेपालवाट नै भारत र चीनमा अटो पार्टसको निर्यात गर्न सक्ने थापाको भनाई

सो साधारण सभालाई स्वागत गर्दे नाडाका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल व्यवसाय अहिले ईतिहासकै कमजोर अवस्थामा रहेको र स्थिति अझै सुधार हुन नसकेको बताएका छन । यस्तो स्थिति सृजना हुनुमा विभिन्न कारणहरु जिम्मेवार रहेको उनको धारणा छ । थापाले सरकारको बुझाईमा अझै पनि अटोमोबाइल क्षेत्र विलासिताको क्षेत्र हुने गरेकोे भए पनि पछिल्ला बर्षहरुमा नेपालमा नै सवारी साधनहरुको एसेम्बलिङ उद्योग खोल्ने कार्यको समेत शुरुवात भईसकेको, ब्याट्री र टायरत्यूव लगायतका सामानहरु नेपाल मै उत्पादन भईरहेको बताउदै अटोमोवाइल स्पेयर पार्टस र एसेसरिजहरु उत्पादनको राम्रो सम्भावना रहेको स्मरण गराए । राज्यले दीर्घकालीन नीति ल्याउन सकेको खण्डमा छिमेकी ठूला मुलुकहरु भारत र चीनमा हाम्रो लागि उत्पादित सामान वजारीकरणको लागि नयाँ बजार बन्न सक्ने उल्लेख गर्दै यस क्षेत्रबाट ठूलो मात्रामा राजस्व र रोजगारी पनि सिर्जना गर्न सकिने बताउनु भयो ।

अध्यक्ष थापाका अनुसार अहिले अटोमोबाइल क्षेत्रमा झण्डै १ खर्ब बढी लगानी भइसकेको छ भने पारदर्शी रुपमा कर तिर्ने व्यवसाय पनि अटोमोवाइल नै रहेको बताए । अध्यक्ष थापाले नेपालमा औद्योगिक विकास र समृद्धिको लागि समेत यातायातको भुमिका महत्वपूर्ण हुने बताएका छन । कृषि, पर्यटन, जलविद्युत लगायतका प्राथमिकता प्राप्त क्षेत्रको विकासका लागि पनि यातायात क्षेत्रको गुणात्मक विकास अपरिहार्य रहने थापाको बुझाई छ । थापाले भारत लगायतका ठूला मुलुकको बाह्य लगानी ल्याउनको लागि व्यवस्थित सेज स्थापनाको माग समेत गरेका छन ।

के हो चेम्बर अफ कर्मसका अध्यक्षको पिपिपि मोडल

सो सभाका विशेष अतिथि तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकार र निजी क्षेत्र सँगसँगै मिलेर जान सकेको खण्डमा मात्र हाम्रो समृद्धिको लक्ष्य पूरा हुन सक्ने बताउदै अहिले सरकारलाइ धेरै निकायमा विभिन्न शिर्षकमा कर तिर्नु पर्ने स्थितिले व्यवसायीलाइ सास्ती भएकोले एकद्वार प्रणालीबाट सेवा सञ्चालन गर्नु पर्ने माग गरेका थिए ।

“बैकको ब्याजहरु बढेको हुनाले व्यवसायीहरुले व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेको चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले सम्बोधनका क्रममा बताएका थिए । उनले पब्लिक पार्टनर पाइभेट लिमिटेडको मोडलमा व्यवसाय गर्न पनि उद्योगी व्यवासायीहरुलाई आग्र छ” भनि आग्रह गरेका थिए । नाडाको कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लको सार नै महत्वपुर्ण भनाई बनेको थियो ।

सभाका विशिष्ट अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सङ्कुचित हुँदै गएको बताउँदै यसबाट राजस्व खुम्चिने र रोजगारी घट्ने तर्क प्रस्तुत गरे । नेपाल राष्ट्र बैंकले आजै ल्याएको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा केही सकारात्मक विषयहरु रहेको बताउदै अध्यक्ष गोल्छाले अहिलेका अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएको छ भनेका थिए । साथै उनले भावी अर्थतन्त्रलाई बलियो बनाउनको लागि राज्यले पनि केही जोखिम लिन तयार हुनु पर्ने धारणा राखेका थिए ।

त्यसैगरी सो सभाका विशेष अतिथि तथा नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले व्यवसायीहरुको मनोबल उच्च बनाउने खालका कार्यक्रमहरु ल्याउनु पर्ने माग गर्दे अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपालको अटोमोवाइल क्षेत्र अघि बढन नसके देश अघि बढन नसक्ने बताएका छन् ।

सोही सभाका विशेष अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं बस्तुगत परिसदका सभापति अन्जन श्रेष्ठले नेपालको अर्थतन्त्र एवं अटोमोबाइल क्षेत्रको भूमिकालाई बुझेर पनि समाधानको प्रयाश गर्न सरकार तयार नहुने स्थितिप्रति गुनासो गरेका थिए ।

सो साधारण सभाको अवसरमा नाडाले राजधानीको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान दिने ४ जना ट्राफिक प्रहरीहरुलाई कदरपत्रबाट सम्मानित गरेको थियो । नाडाका केन्द्रीय कार्य समिति सदस्य अनुप बरालले सञ्चालन गरेको उक्त साधारण सभामा ३४ औं अङ्कको नाडा अटोमोवाइल ट्रेड डाइरेक्टरी २०२३ समेत सार्वजनिक गरिएको थियो । सो साधारण सभाको धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले गरेका थिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend