logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कलाकारिता भित्रका ठगिखाने कलाकारहरु


  • जन आकाश
  • सोमबार, फाल्गुन १ २०७९

काठमाडौ । संसारमा नाम कमाउन कस्लाई मन हुदैन होला र नेपालमा पनि कलाकारिता क्षेत्रमा लागेर जिवन नै कष्टपुर्ण बनेको तर समाजको चित्र उठान गदै आएका कलाकारहरु नेपाली समाजमा छन् । उनिहरुको जिवन यापनमा कठिन तरिकाले चलिराखेको छ ।



कहिलेकाही राष्ट्रले सम्मान गर्ने ठाउमा झक्कियर नाम परेको खण्डमा त्यो कठिन जिवन यापनलाई बिर्सन्छन् र उच्च मनोवल बोकेर सामाजिक काममा अर्थात आफ्नो कला मार्फत समाजलाई ब्युझाउने, सचेत गराउने, व्याग्यको क्षेत्रमा लागेका कलाकारहरुले व्याग्य प्रस्तुत गरेर सचेत गराउने, कथाकार कलाकारहरुले कथा लेखेर सचेत गराउने, नायक नायिकाहरुले असल कर्म गरेका मानिसहरुको चित्र आउने गरी अभिनय गरेर समाजलाई असल साशनमा लान प्रेरित गर्ने, गायकहरुले समाजमा घटेका घटना र समाजलाई सदभावपुर्ण र राष्ट्रिय एकतामा जोड्न सन्देशमुलक गीत गायर समाज जोडनमा भुमिका खेल्ने यस्ता अनेक क्षेत्रवाट राष्ट्रलाई योगदान गर्ने कलाकारिता क्षेत्रभित्र छिरेर तिनै कलाकारहरुलाई ठगिखाने भाडो बनाउने कलाकारको खोल ओडेका मानिसहरुको भीड पनि दिनानु दिन बढ्दो छ ।

कलाकारको हकहितको लािग भनेर अनेक खालका संघ, संस्थाहरु खोल्ने र अनाधिकृत रुपमा सदस्यता, आजिवन सदस्यता दिने नाममा तोकेको शुल्क त तिर्नुपर्छ नै अप्रत्यक्ष अर्को रकम समेत उठाउने र सस्थाको पदाधिकारीहरु भने कलाकारिता क्षेत्रमा योगदान नभएको व्यक्ति हावी हुने र कलकारहरुलाई विदेश घुम्न लाने कार्यक्रमको नाममा लैजाने र विकसीत राष्टमा उत्तै बस्ने बातावरण मिलाउछु भन्दै चलेका कलाकारहरुलाई समेत गैर कलाकार तर कलाकारको खोल आडेर छिरेका वा कलाकारिता क्षेत्रको कुनै संस्था खोलेकै आडमा बास्तविक कलाकारहरुलाई प्रभावित पारेर विदेश पठाईदिन्छु भनेर मोटो रकम उठाउने र पछि बेखवर हुने बिगबिगी नेपालमा बढेको छ ।

अर्को तर्फ कसैलाई मोडल बनाई दिने, कसैलाई गायक बनई दिने, पलाने चर्चित कलाकार त मेरो चिनजान छ नी भनेर भन्ने जस्ता कुरा गरेर प्रभावित पार्ने काम गरेर ठग्ने चलन बढ्दो छ । अहिलेका नयाँ पुस्ता जो कला क्षेत्रमा लाग्न चाहान्छन् । उनिहरु साधना भन्दा छिटो नाम कमाउन लालयित हुदा यस्ता सजिलै यस्ता ठगहरुले प्रसय पाउने गरेका छन् ।

यस्ता केशहरुमा नाम चलेका कलाकारहरु समेत परेकाछन् । उनिहरु कलाकारिता क्षेत्रमा कमाएको इज्जत जाने डरले बाहिर बोल्न नचाहेको तर पीडित भईराखेको नाम नबताउने सर्तमा एकजना चर्चित कलाकारले उक्त भनाई राखेका हुन् ।

कलाकारिता क्षेत्रमा अवाडको नाममा ठग्ने गिरोह
कलाकारहरुलाई अवार्ड दिने प्रतिस्पर्धा गराउने चलन निक्कै पहिला थियो हाल त्यस्तो चलन देखावटी भएपनि अवार्ड गर्ने भनेर कलाकारहरुसँग पैशा उठाउने र अवार्ड नै नगरी फरार हुने कम्पनीहरुको पनि बिगबिगी हुन थालेको छ । यस्ता क्षेत्रहरुमा सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्ने होकी ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend