जन आकाश
बिनोद कार्की ।
काठमाडौं । आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले एक आपसमा यो दिवस मनाउँदैछन् । एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको दिन उपहारसँग प्रेम एकआपसमा साटासाट गरिन्छ ।
नेपाली संस्कृति नभए पनि पछिल्लो समय नेपालीले पनि बिदेशी संस्कृतिलाई भित्राउँदै आएका छन् । पहिला काठमाडौमा केही ब्यतिले मात्रै भ्यालेन्टाइनस डे मनाउँने गर्थे भने अहिले गाउँघरको कुनाकुनामा यो प्रचलन ब्यापक हुदै आएको छ । फेब्रुअरी १४ अर्थात प्रणय दिवस नेपाली युवायुवती माझ निकै लोकप्रिय बनेको छ ।
भ्यालेन्टाइन्स डेलाई विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र एकआपसमा प्रेमभाव प्रस्तुत गर्ने गर्दछन् । आजा काठमाडौ लगायत अन्य जिल्लाको पार्कहरुमा आज बिशेषगरी युवायुवतीलाई भेट्ने गरिन्छ । सहरका पार्क, रिसोर्ट, रेस्टुरेन्ट, सडकहरू पनि प्रेम संकेतले सजिएका छन् । जहाँ प्रेम जोडीले समय बिताउने गर्दछन् ।
युवायुवतीले प्रेमिप्रेमिकालाई प्रेमको प्रतीक गुलाबको फूल उपहार दिएर सुरु हुने यो दिवस उपहारसँगै प्रेम साटेर सकिन्छ । प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend