logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गोकुलगङ्गा गाउपालिकामा माविस्तरिय रास्ट्रपति रनिङशिल आजवाट गर्जाङमा उदघाटन गरि शुरु


  • जन आकाश
  • बिहिबार, फाल्गुन ४ २०७९

स्थलगत रिपोर्ट : मोहन कार्की



रामेछाप । रामेछापको गोकुलगङ्गा गाउपालिकाको अन्तर मावी रास्ट्रपति रनिङशिल गोकुलगङ्गा गाउपालिकाको वाडन १ गर्जाङको जट्टेस्वरी माविको खेलमैदानमा भव्य कार्यक्रम गरि फागुन ४ गतेवाट शुरु भएको छ।

कार्यक्रमको  जट्टेस्वरी माविका स्कुल व्यवस्थापन समितिका अध्यक्ष रमेश खडकाको सभापतित्व, रामेछाप जिल्ला प्रदेश (क)का  ससद तारानारायण श्रेष्ठको प्रमुख अतिथिमा , बिशेष अतिथी रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपाने, गोकुलगङ्ग गाउपालिकाका अध्यक्ष काजी बहादुर खडका, अतिथिहरुमा गोकुलगङ्गा गाउपालिकाकी उपाध्यक्ष उषा कार्की, सोही पालिकाका प्रमुख प्रसाशकिय अधिकृत होम बहादुर थापा लगायतको अतिथि  र पुर्व  प्रा.अ. स्कुल व्यवस्थापन समितिका अध्यक्षहरु, अविभावकहरु, विद्यार्थी,खेलाडी , प्रशिक्षकहरु, पालिकाका वडा जनप्रतिनिधिहरु र आम सर्वसाधारणको बाक्लो उपस्थितिमा कार्यक्रम भएको छ।

कार्यक्रममा प्रतिस्पर्धाको लागि  गोकुलगङ्गा गाउपालिकाका ६ वटै वडाका माविहरु सहभागी भएका छ्न।

उदघाटनमा देखिएको आकर्षण

प्रमुख अतिथि श्रेष्ठको हातवाट दिप प्रज्वलन गरि तेस्रो गोकुलगङ्गा माविस्तरिय  रास्ट्रपति रनिङशिल उदघाटन गरिरहदा पालिकाका सवै माविवाट आएका स्काउट, खेलाडीहरुले मार्चपास गर्दै सलामी अर्पण गरेका थिए । उक्त्त सलामिले कार्यक्रमको आकर्षक बढाएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले “माविहरुमा उत्कृष्ट शिक्षाको विकास गर्न हाम्रो मान्छे छान्ने चलन छोडेर राम्रो बिषय बिज्ञ राख्न पालिका अध्यक्षलाई इङ्गित गर्दै। गोकुलगङ्गा गाउपालिकाले बागजस्तो नेतृत्व पाएको छ। यो अवसरलाइ गौपालिकाका स्कुलहरुले फाइदा लिन सक्नुपर्छ” भनेका थिए

विशेष अतिथिको रुपमा आएका रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपानेले “खेलमा जस्ले राम्रो खेल्छ उसैले जित्छ खेललाइ अनुशासित, मर्यादित बनाएर खेल्नुहोला भन्दै”  शुभकामना मन्तव्य राखेका थिए।

जट्टेस्वरी माविका प्रधानध्यापक मोहन खडकाले स्वागत मन्तव्य राख्दै “यस माविमा पाल्नु हुने जनप्रतिनिधिहरु, खेलप्रेमी साथिहरु, स्कुल व्यवस्थापनका साथिहरु, बिद्यार्थी भाइबहिनीहरु, अविभवक ज्युहरु, संचारकर्मी मित्रहरू तमाम सवै यश आगनमा उपस्थित सवैलाइ स्वागत गर्दछु र कार्यक्रम आयोजना गर्न अवसर दिनु दिनुभएकोमा धन्यवाद व्यक्त दर्दछु” भन्दै गाउपालिका, छिमेकी जिल्लावाट  आएका पालिकाका प्रतिनिधिहरु समेतलाई प्रशम्सा गरेका थिए।

केहिदिन अगाडी मात्रै गाउपालिकाले खेलकुद संयोजक योगेश श्रेष्ठलाई तोकेको थियो, खेल अबधिभर नियम, अनुसाशन र निर्णय गर्न वरिष्ठ प्रशिक्षक तथा खेलाडी शुक्र माझी निर्णायक समितिको प्रमुखको जिम्मेवारीमा खेलहरु आयोजना भैरहेका छन् ।

आज के के खेल भए हेर्नुस

सटफुट महिला तर्फ
सरादा माबी ठोसे ले प्रथम स्थान हासिल गरेको छ जसमा पाशाङ लमु सेर्पा सवै खेलाडीलाई पछि पर्दै संवरण जितेकी हुन ।

गोकुलगङ्ग मावी रसनालुकि भगवती भुजेल दोस्रो भएकी छन्
जन जागृती मावी बेतालीकि निरुता सुनुवार तेस्रो स्थान हासिल गरेकी छन् ।

पुरुस तर्फको सटफुटमा
गोकुलगङ्गा मावी रसनालुका  कृष्ण तामाङले प्रथमस्थान हासिल गरेका छन् ।
कमला देवि मावि नमाडिका  साङ्गे दोर्जे स्यान्बा ह्यल्मोले दोस्रो स्थान हासिल गरेका छन्
सेतिदेवी मावि सङवाडाडाका  सुदिप कर्कीले तेस्रो स्थान हासिल गरेका छन् ।

१०० मिटर दौडमा महिला तर्फ
गोकुलगङ्गा माविकि रसनालुकी  सुकुलमु शेर्पा प्रथम भइन
सारादा मावी थोसेकी कन्चन  बस्नेतले दोस्रो स्थान हासिल गरिन
जट्टेस्वरि मावी गर्जाङले पेमछोटी शेर्पाले तेस्रो स्थान हासिल  गरिन ।

पुरुष १०० मिटर तर्फ
कमलाडेवि मवि नमाडिका रोहित नेपालीले प्रथम स्थान हासिल गरेका छन।
जन जागृती मावी बेतालिका सविन कार्कीले दोस्रो स्थानमा बाजि मरेका छन्
सारादा मावी थोसेका  सुरेन्द्र खडकाले तेस्रो स्थानमा चित्त बुझाएका छन।

दौड ८०० मिटरको महिला  तर्फ

गोकुलगङ्गा रसनालुकी  निर्मला तामाङ प्रथम भइन
जट्टेस्वरी मावि गर्जाङकी सम्झना बस्नेतले दोस्रो स्थान हासिन गरिन
सारदा मावि थोसेकी  लाकदोमा शेर्पाले  तेस्रो स्थान हासिल गरेकी छन् ।

पुरुष तर्फ ८०० राउन्ड दौडमा 
श्री मावी फर्पुका रोहन सुनुवार प्रथम भएका छन्
जट्टेस्वरी गर्जाङका अभिसेक कार्कीले दोस्रोस्थान हासिल गरेका छन् ।
सारादा मवि थोसेका  मङगेली शेर्पाले तेस्रो स्थान हासिल गरेका छन् ।

रेले दौड महिला तर्फ  १००*४
सारदा मावि ठोसेका भुमिका दाहाल
एलिका खत्री ,पाशाङ लमु शेर्पा
कन्चन बस्नेतको टिमले प्रथम स्थान हासिल गरेको छ।

जन जाग्रीती मावि बेतालीका सजिता कार्की, प्रमिला थापामगर, सृष्टि सुनुवार ,निसा योगिको टिमले दोस्रो स्थान हासिल गरेको छ।
गोकुलगङङ्गा मावी रसनालुका सुकलमु शेर्पा , निरमला तामाङ , रेस्मा सुनुवार , ममसुन सुनुवारको टिमले तेस्रो स्थान हासिल गरेको छ।

पुरुष तर्फ १००*४ को रिले दौडमा
सारादा मवि थोसेका सुरेन्द्र खडका,अनिल श्रेष्ठ , अशोक कार्की, सुडा बहादुर कार्कीको टिमले प्रथम स्थान हासिल गरेको छ।
जन जाग्रीती मावी बेतालिका सविन कार्की, सचिन खडका, बिशाल बिक , अरुन खड्काको टिमले दोस्रो स्थान हासिल गरेको छ।
कमलादेवी मावी नमाडिका रोहित नेपाली , लाल बहादुर  खाती, सचिन खड्का , भेशराज खड्काको टिमले तेस्रो स्थान हासिल गरेको छ।

भलिबलमा पहिलो खेल ठोसेले जितेको छ

समूह कको 1 v 2 भलिबलको पहिलो खेलमा सारादा मावि ठोसेले जन जागृती मावी बेतालिलाइ सजिलै सोजो सेटमा हराएर जितको शुरूवात गरेको छ।

अन्य खेलहरु क्रमश भोलि हुनेछन् ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend