रामेछाप । रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपानेले रास्ट्रपति रनिङ शिल उदघाटन कार्यक्रमको सभापति गरि सम्बोधनका क्रममा विपक्षीलाई इङ्गित गर्दै जे मा बिरोध नगर्न आग्रह गरेका छन ।
” हामिहरु चुनाव जितेर आइसकेपछी कुनै पार्टीको नभएको सवै नगरका जनताको जनप्रतिनिधि भएको र सवै नगरका साथिहरुले पार्टीको भनेर नबुझिदिन “भन्दै अनुरोध गरेका थिए।
मिति २०७९ फागुन ५ गतेदेखि रामेछाप नगरपालिका रास्ट्रपति रनिङ शिल प्रतियोगिता शुरु भएको छ। उक्त प्रतियोगिताको उदघाटन प्रदेश सभा सांसद तारानारायण श्रेष्ठले गरेका छन । रामेछाप नगरपालिकाको टुडिखेस्थित रंगशालामा स्वास्थका लागि खेलकुद , रास्टका लागि खेलकुद लेखिएको ब्यानर पढेर उदघाटन गरेका थिए । उनलाइ प्रमुख अतिथिको रुपमा निम्त्याएको थियो ।
सम्सद श्रेष्ठले सम्बोधनका क्रममा खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी आफुले सक्दो पहल गर्ने बताएका थिए । केहिदिन पछि भौतिक योजना मन्त्री रामेछाप भ्रमणमा आउने र सोही अवसरमा स्थानीय सरकारले अफ्ना योजना राख्न आग्रह गरेका छन।
उनले बोडिङ स्कुलहरुमा सिक्षकहरुको तलव सुबिधा कम हुन्छ तर विद्यार्थी अव्वल हुन्छन् । सरकारिमा सकारले निजि बिध्यालयको तुलनामा सरकारी सुबिधा बढी दिएको छ तर सरकारी स्कुलका विद्यार्थी कमजोर किन भइराखेका छन भन्दै प्रश्न गर्दै शैक्षिक क्षेत्रमा सुधार हुनुपर,बताए।
कार्यक्रमा शुभकामना मन्तव्य रामेछाप नगरपालिकाकि उपमेयर बाला कुमारी कार्कीले राखेकी थिइन भने कार्यक्रमको सन्चालन गौरिशङ्खर माविका प्रधानध्यापक नीर बहादुर कार्किले गरेका थिए।
रामेछाप नगरपालिका अन्तर्गत १३ वटा माविले सहभागिता जनाएका छन । आज नै विभिन्न बिधाका खेलहरु भैसकेका छन् । भोलि पनि बाकी रहेका खेलहरु प्रतिस्पर्धा गराइने र फागुन ७ गते उत्कृष्ट खालाडिहरुलाइ सम्मान तथा पुरुस्कार वितरण गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ।