जन आकाश
रामेछाप । रामेछापको गोकुलगङ्गा गाउपालिकामा भएको अन्तर मावी महिला भलिबलको फाइनल खेल सारादा मावी ठोसेले बिजय हासिल गरेको छ।
ठोसे र जट्टेस्वरी बिच भएको फाइनल म्याचमा ठोसेले जट्टेस्वरी मावी गर्जाङलाइ सोजो सेटमा हराएर बिजय हाशिल गरेको हो ।
पहिलो सेट प्रतिस्पर्धात्मक भएको थियो जसमा जट्तेस्वरीको २३ हुदा ठोसेले २५ ले बिजय हाशिल गरेको थियो ।
दोस्रो सेटमा जट्टेस्वरीले ८ प्वाइन्ट हुदा ठोसेको सारादाले २५ ले जित पाएको हो ।
तेस्रो सेटमा जट्टेस्वरिको २२ हुदा सारादा मावी ठिसेले २५ ले जित निकाल्यो । सारादा मावी ठोसेले महिला भलिबलमा प्राप्त गरेको सवैभन्दा ठूलो उपलब्धि हो ।
खेल जिताउन प्रशिक्षक रमेश श्रेष्ठको महत्वोपुर्ण भुमिका रहेको थियो ।
अहिले केहिछिनमा पुरुषको तर्फको भलिफाइनल सारादा मावी ठोसे र कमलादेवि मावी नमाडी बोछ खेल हुन लागिरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend