जन आकाश
काठमाडौ । ओपनर मोहम्मद वासिमको विष्फोटक ब्याटिङमा घरेलु टोली युएईले अफगानिस्तान माथि ९ विकेटको सानदार जित हात पारेको छ। योसँगै तीन खेलको टी -२० अन्तर्राष्ट्रिय खेलको सिरिज १-१ को बराबरीमा आएको छ।
दोस्रो टि २० आई खेलमा १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको युएईले १८.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पुरा गर्यो। युएईको जितमा मोहम्मद वासिमले ९१ रनको बिस्फोटक ब्याटिङ गरे। ५० बल खेलेका उनले ८ चौका र ७ छक्का प्रहार गरेका थिए। यस्तै अर्का ओनर वृत्य अरविन्दले ४६ बलमा २ चौकासहित ३८ रन बनाउँदा सिपी रिजवान ९ रनमा अविजित रहे।
त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो। उसका लागि नाजिबउल्लाह जद्रानले सर्वाधिक ३७ रन बनाए ।
ओपनर हज्रतुल्लाह जजाईले २७, अस्फार जजाई १८, रहमानउल्लाह गुरबाज १५, करिम जन्नत ७, आजमतुल्लाह ओमरजाई १२, राशिद खानले १४ रन बनाउँदा इब्राहिम जद्रान १ रनमा क्याच आउट भए। युएईका जहुरू खान र जवार फरिदले समान २.२ विकेट लिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend