जन आकाश

स्थलगत रिपोर्ट : मोहन कार्की ।
रामेछाप । रामेछापको गोकुलगङ्गा गाउपालिका अन्तर मावी रास्ट्रपति रनिङ शिल्डको आज समापन भएको छ।
समापन कार्यक्रममा उत्कृष्ट, सर्बो उत्कृष्ट, प्रथम द्वतिय, तृतीय हरुलाइ प्रमुख अतिथि तथा ससद कान्छारामको हातवाट पुरुस्कार, ट्रफी वितरण गरिएको थियो समय अभाव भएको भन्दै बिचैमा प्रमुख अतिथि हिडेपछी बिशेश अतिथी गोकुलगङ्गा गाउपालिका अध्यक्ष काजी बहादुर खडकाले बाकी बिजय हाशिल गरेका खेलाडीहरुलाइ मेडल र प्रमाणपत्र बितरण गरेका थिय ।
अवेरसम्म कार्यक्रम भएको हुनाले बिशेष अतिथी पनिकार्यक्रम नसकिदै हिडेपछी बाकी बिजय खेलाडीहरुलाइ सम्मान प्रमाणपत्र र शिल गोकुलगङ्गा गाउपालिकाकी उपाध्यक्ष तथा बिशेष अतिथि उषा कार्की बस्नेतले बितरण गरेकी थिइन ।
समान्य विवाद वाहेक गोकुलगङ्गा गाउपालिका तेस्रो रास्ट्रपति रनिङ शिल भव्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रमलाई छोटो बनाउन माविका प्रधानध्यापक मद्यवाट कमलादेवी माविला खडकाले सम्बोधन गरेका थिए। विद्यालय व्यवस्थापनहरुको तर्फबाट मनिराज कार्किले एकमुष्ट सम्बोधन गरेका थिए। आउदो बर्ष चौथो रास्ट्रपति रनिग शिल्ड ठोसेको सारादा माविमा हुने जानकारी दिएको थियो ।
ससद कान्छारामले भासण गरिरहदा बिरोध प्रदशन
प्रमुख अतिथी रामेछापका प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ ( कान्छारा) ले मन्चमा कार्यक्रमलाई सम्बोधन गरिरहदा दर्शकको रुपमा आएका जनताहरुले बिरोध प्रदशन गरेका छन् । चुचुरेले भोट कम दिएको भनेर भासण गरिरहेका कान्छारामको भनाइ आएपछी प्रतिवादमा दर्शक दिर्घवाट बोरोध भएको हो । बिरोध बढदै जादा प्रहरी बिरोध गर्ने मानिसहरूलाई रोकेर कार्याक्रम गरिएको थियो ।
कान्छारामलाइ चुनावमा बोलेका बाचा पूरा गर्ने बोल्ने बत्ताहरुले पूरा गर्न अनुरोध गरेको भएपनी अफनै ढंगको भाषाण गरेर भाषाण सकेका थिए।
पदक जित्ने माविहरुको नामवली यश प्रकार छ।
सवैभन्दा बढी पदक जितेर रसनालुको गोकुलगङ्गा माविले ९ स्वर्ण, २ रजत ४ कास्य सहित शिल जितेको हो ।

त्यसैगरी ठोसेको सारादा माविले ५ स्वर्ण,७ रजत, ६ कास्य बिजय हाशिल गरेर दोर्सो स्थान हाशिल गरेको छ।

त्यसैगरी बेतालिको जन जागृती माविले स्वर्ण ५, रजत ४, कास्य ४ बिजय हाशिल गरि तेस्रो स्थान कयम गरेको छ।
पालिका अध्यक्षको वडासमेत रहेको नमाडिको कमलादेवी माविले स्वर्ण ४, रजत ३, कास्य २मा बिजय हासिल गरेर चौथो स्थानमा चित्त बुझाएको हो ।
पुरुष भलिबलको ट्र्फि जितेर नमाडी दङग
पदकमा चौथो भएपनी कमलादेवी माविले पुरुष भलिबलमा ठोसेको सारादा माविलाई हराएर दङ परेको हो । फाइनलको रोमान्चक खेलमा बेस्ठप फाइभ खेलेका सारादा मावी र कमलादेवी माविको अन्तिममा पनि १७/१७ बराबरी भएको थियो अन्तिममा कमलादेविले २ अङ्क लगातार ल्याइ भलिबलको संवरण पदक जितेको थियो ।
आयोजक समेत रहेको जट्टेस्वरी मावी खरानेटारले २ स्वर्ण ,६ रजत, ४ कास्य लिएर पाचौ स्थनमा आएको छ।
अर्को सवैभन्दा आसा गरिएको फर्पुको श्री माविले स्वर्ण २, रजत ३, कास्य ३ मै चित्त बुझाइ छैटौं भएको छ।
सवैभन्दा अन्तिमवाट गन्दा फस्ट हुने मावी बनेको छ । सेतिदेवी सङ्वाडाडा यो पनि वाडन १ को मावी हो । यो सतौ स्थानमा आएको छ।
गोकुलगङ्गामा चुचुरे १ मा मात्र दुइवटा मावी रहेका छन । एउटा जट्टेस्वरी अर्को सेतिदेवी ।
यहि फागुन ४ गतेवाट शुरु भएको खेल फागुन ७ गते समापन भएको हो । उदघाटन रामेछाप जिल्ला प्रदेश (क) का प्रदेश सासद तारानारयण श्रेष्ठको प्रमुख अतिथिमा भएको थियो भने समापनको प्रमुख अतिथी रामेछाप जिल्लाका सघिय ससद कान्छाराम तामाङले गरेका छन् ।
कार्यक्रमको सभापति जट्टेस्वरी मावीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेस खड्काले गरेका थिए।
कार्यक्रमलाई उदघाटन देखि समापनको दिनसम्म उत्कृष्ट ढंगवाट जट्टेस्वरी माविका सिक्षक शिव खड्काले सन्चालान गरेका थिए।
अन्तर मावीस्तरिय खेलकुदको सफल आयोजना गरेको हुनाले जट्टेस्वरी माविका प्रा.अ. मोहन बहादुर खडको कार्यक्रममा बक्ताको रुपमा आएका प्रमुख अतिथि, बिशेश अतिथी, अतिथीहरु, विविसका अध्यक्ष लगायतले प्रशम्सा गरेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend