जन आकाश
बिनोद कार्की ।
काठमाडौ । साना मानव वस्तीहरूलाई गाउँ भनिन्छ। गाउँमा सहरको तुलनामा अलि कम जनसंख्या हुन्छ। गाउँमा सुविधा ज्यादै नभए पनि सौन्दर्यले सबैको मन जित्छ। नेपालमा यस्ता धेरै सुन्दर र मनमोहक गाउँहरू छन्। यीमध्ये मेरो प्रिय गाउँ रामेछाप सांस्कृतिक, प्राकृतिक, धार्मिक, भाषिक तथा परम्परागत रूपमा अब्बल छ। मेरो गाउँ रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नं १ चाकेमा पर्छ । यो सुन्दर मेरो जन्म भुमी ठाउँ हो । जुन सदरमुकाम मन्थली देखी गाडिकाो यात्रमा ५ घण्टा टाढा छ । गाउँमा घरहरू गुजुमुज्ज नभएर अलगअलग ठाउँमा पातलो बस्ती भएको मेरो गाउँ स्वर्ग जस्तै छ ।
यहाँका धेरैजसो मानिस शिक्षित छन्। यहाँका मानिसले खेती, किसानी र अन्य परम्परागत काम गर्छन् । आफ्नै बारीमा फलाएका तरकारी र फलफूल, अन्नहरूले गाउँका मानिसलाई खान पुग्छ। यहाँका मानिस अहोरात्र परिश्रम गरेर गाइवस्तु पाल्छन् । आफ्नो लागि दूध, मासु, अन्डा आफैं उत्पादन गर्छन् । मानिस स्वावलम्बी बन्नुपर्छ, अरूको भर पर्नु हुँदैन । मेरो विचारमा हाम्रो गाउँ आफ्नो गाउँ, आफैं बनाउँ भन्ने हिसाबमा एक उदारणीय गाउँ हो।
स्वर्ग जस्तो मेरो गाउँ पछिलो समय सुनसान बन्दै छ ।
करिब १०० घरधुरी भएको मेरो गाउँ आज स्वास्थ्य ,शिक्षा ,रोजगारीको अभावले गर्दा मानिसहरु बिस्तारै सुबिधा सम्पन्न ठाउँ खाज्दै काठमाडौ सहर छिरेका छन् । तेसैले गाउँघर उजाडिदै गएको छ । कालिडाँडा , फापारबारी , धारापानी ,चौडिक्टेडा पशुपालनको मुख्य ठुला चौउरहरु हुन् । २०० भन्दा बढी दैनिक गाईबस्तु चरण हुर्ने यि चौउरहरुमा आजाभोली ५ देखी १० ओटा बस्तहरु समेत देखिदैन्न्। अहिले तिठुला चौउरहरुमा दिउसै जंगली जनावार देख्नसकिने गाउँका किशान बताउँछन् ।
“दिनानुदिन युवाहरु प्रदेशीदै छन् ,युवतीहरु रोजगारका लागिू सुबिधा सम्पन्न ठाउँखोज्दै काठमाडौ सहर पस्नेगरेका छन् । परिर्वतन खोज्ने युवाहरु दिनानु दिन बाहिरिदै गए । खेती योग्य जमिनहरु जङगलमा परिनत हुदै छन् । तेसैले युवालाई रोक्न समन्धित निकायमाम ध्यान पुगोस् ,ताकि युवाहरु प्रदेशिनी होइना आफ्नैठाउमा केही गर्ने माध्यम बनोस् ” बेदेशलाई नेपाल बनाऔ आफ्नै ठाउँमा केही गरऔ अनि सुखी नेपाली संमृद्धि नेपाली भनी आफुलाई गर्व गरऔ ।
म अहिले काठमाडौंमा रहे पनि मेरो स्वर्ग जस्तो गाउँलाई मेरो मन मस्तिष्कमा सजाएर राखेकी छु। मेरो प्यारो गाउँ !
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend