जन आकाश
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज शुक्रबारको पहिलो खेलमा न्युरोड टिम (एनआरटी)लाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै आर्मीले सेमिफाइनल यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट १–१ गोल भएपछि समय अभाव भन्दै सिधै पेनाल्टी सुटआउट गरिएको थियो । पेनाल्टीमा आर्मीका जगजीत श्रेष्ठ, टेकबहादुर बुढाथोकी, विकास खवास, दिनेश हेम्जन र नवयुग श्रेष्ठले गोल गरे । एनआरटीका लािग जिन एनिसेन्ट एमबौमी, लालनुन्जामा कोल्ने, निकोलस सेर्जी सङ र बिक्रम धिमालले गोल गरे ।
एनआरटीका स्टेफेन जुनियर एनगुमबोउसको पेनाल्टी आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए । यसअघि खेलको ३२ औं मिनेटमा एनआरटीका लागि लालनुन्जामा कोल्नेले गोल गर्दै एनआरटीलाई १–० को अग्रता दिलाएका थिए । तर खेलको ५३ औं मिनेटमा एनआरटीका कप्तान बिक्रम धिमालले आत्मघाती गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend