जन आकाश
तेज प्रकाश बानियाँ
साहित्यकार मुकुन्द न्यौपानेको जन्म वि सं २००३ कार्तिक महिनाको २३ गते काठमाडौंको लाजिम्पाटमा भएको हो । माता मनमाया न्यौपाने र पिता शिवप्रसाद न्यौपानेका एकमात्र सुपुत्रको रूपमा जन्मनु भएका मुकुन्दको बाल्यकाल माता पिताकासाथ बित्यो । उहाँले कखरा घरैबाट शुरू गर्नुभयो । उहाँलाई साहित्य लेखनमा बाल्यकाल देखिनै रुचि थियो । त्यस बखत अहिलेको जस्तो चाहिँदो विद्यालय हुँदैनथे । नन्दी रात्री पाठशाला नक्सालबाट एसएलसी उत्तीणर््ा गर्नुभयो । त्यसैताक ‘विलाप’ शीर्षकको कविता लेखेर नयाँ सन्देस साप्ताहिकमा प्रकाशित भएको थियो ।
सादाजीवन उच्च विचारका धनी, न्यौपानेले एसएलसी पछि आय आर्जनकालागि गरिने उपायहरू मध्य, जागिर रोज्नु भयो तर निबृत्ति भरण कहीेबाट पनि हँुन सकेन । एउटा खाटी कुरा के छ भने, जगिरमा व्यस्तताका वाबजुद पनि साहित्य लेख्ने कामलाई निरन्तरता दिइनै रहनुभयो । साहित्य लेखनका लागि उमेरले छेक्दो रहेन छ भन्ने कुरा पनि प्रमाणित गरेर देखाई दिनुभयो । कतैबाट साहित्यिक कार्यक्रमको निमन्त्रणा आयो भने, आप्mनो सिर्जनासाथ उक्त कार्यक्रममा सहभागी हुन पुग्नु हुन्छ ।
उहाँको उमेरले ७६ वसन्त पार गरी सक्दा पनि जोस, जाँगर र हौसलामा कुनै कमी आएको छैन । समयलाई असाध्य महत्व दिने न्यौपानेले साहित्य लेखन र घर व्यवहारको अलावा समाज सेवामा पनि योगदान पु¥याउनु भएको छ । सङ्घ संस्थाहरूमा आजीवन सदस्य, कोषाध्यक्ष, विशिष्ट सदस्य, साधारण सदस्य आदि गरी १३ गोटा सामाजिक सस्थाहरूमा संलग्न हुनुहुन्छ ।

यसैगरी कृतिहरू प्रकाशन तर्पm २०६८ सालदेखि हालसम्म निम्न बमोजिम शीर्षकका १० थान पुस्तकहरू प्रकाशित गरीसक्नु भएकोछ ।(
१,भाव (कविता सङ्ग्रह–२०६८), २,चेतना (आध्यात्मिक सङ्ग्रह–२०६९), ३,खण्डितस्वप्न (कविता सङ्ग्रह–२०७०) ४,ईश्वर छैन (कविता सङ्ग्रह–२०७४) ५,मनको आखाँृृृृृृृृृृृ (हाइकु सङ्ग्रह२०७५)। ६,यो कास्तो प्रेम–लघुकथा २०७६)। ७,सेवानै धर्म हो – कविता सङ्ग्ह २०७६)। ८,केहीकथा केही लघुकथा– सङ्गह २०७७। ९,सगुन (हाइकु सङ्गह (२०७८) १०,अमर सुक्तिसुधा (सुक्तिसङ्गह)२०७९ ।
अमर सुक्ति सुधाका अन्तर्वस्तुको बारेमा भत्रुपर्दा ले्खकले धेरै विद्वानका पुस्तकहुरू अध्ययनगरी त्यस्ता सयजना भन्दा बढी लेखकहरूका भनाईहरू समाविष्ट छन् । सुक्तिहरू, एक से एक स्तरीय छन् । यस मार्पmत लेखकले समाजलाई बौद्धिक खूराक दिन खोज्नु भएको छ । विकाश र प्रगतिको लागि घचघच्याइ रहनुभएको छ । सरकारका खराव कामप्रति खवरदारी र राम्रा काम प्रति प्रशंसा र धन्यवाद भन्नु भएको छ । देशकोे कानून र फितलो कार्यान्वयन, वर्तमान राजनीति र खिचातानी, होडबाजी को मौकामा, बिदेशिको बढदो चलखेल देखेर वाक्क हुनुहुन्छ । ७६ वसन्त पार गरेको जीवनले नेपालले आपैmले गरेको प्रगति बाहेक, देशको अरू निस्वार्थ भावको प्रगति कुनै क्षैत्रमा पनि देखिएको छैन । यतिहुदा पनि नेताहुरूमा चेतना आएको छैन । दलगत स्वार्थभन्दा माथी उठेर देशको हितमा काम गर्ने तर्फ कोही देखिदैन ।
अन्त्यमा.
यस्ता मेहनती, देशभक्त र लगनसील साहित्यकारले बडो मेहनतका साथ तयार पार्नुभएको ज्ञान बद्र्धक र समाजपयोगी पुस्तक भएकोले सबै उमेरका पाठकका लागि पठन योग्य छ । भविश्यमा पनि यस्ता बौद्धिक खूराकका रूपमा उपयोगी पुस्तक पाठकले अध्ययन गर्न पाइरहुनर लेखक मुकुन्द न्यौपानेलाई पनि यस्ता पुस्तक लेख्न जाँगर चलिरहोस् भन्ने कामनाका साथ आजलाई यत्ति ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend