जन आकाश
बिनोद कार्की ।
काठमाडौँ । अभिनेता पल शाहले बलात्कार आरोपमा सफाइ पाएसँगै उनी सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् । जिल्ला कारागार तनहुँबाट रिहा भएसँगै उनको पक्षमा समर्थकहरुले चर्को नारा लगाएका छन् । समर्थकहरुले पल शाह हाइ हाइलगायतका चर्का नारा लगाएका हुन । कारागार परिसरमा भेला भएका समर्थकहरुले चर्को नारा लगाएका हुन् । सफाइ पाएर रिहा हुँदा पललाई अबिर माला समेत लगाइएको छ ।
नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए । अब शाह केहि दिन्मै काठमाडौ आउँने भएका छन् । गायिका समिक्षा अधिकारीले शाहलाई सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।
तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यस अघि नै सफाइ दिइसकेको थियो । पल शाह फिलिम र म्युजिक भिडियोमा दर्शकहरुले रुचायका नायक हुन् ।शाहले बलात्कार आरोपमा सफाइ पाएसँगै दर्शकहरुले सत्यको जित हुन्छ भन्दै चर्को आलोचना गरेका छन् ।
के अब पल शाह कलाकारी क्षेत्रमा फर्के लान्त ?
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend