logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

एक्साइडको नँया विद्युतीय रिक्सा ब्याट्री १५ महिनाको वारेन्टी सहित आयो बजारमा


  • जन आकाश
  • शुक्रबार, फाल्गुन १९ २०७९

काठमाडौ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नँया इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ । एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिनासम्म वारेन्टी भएको ब्याट्री हो ।



विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने छ । साथै विशेष अलोई प्रणाली भएको यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्छन । यसैगरी, यिनीहरुमा “रगेड ट्युवलर पोजिटिभ प्लेट“ को विशेषता भएकोले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्दछ । आफ्नो उत्कृष्ट रसायनिक एवं अन्य गुणहरुको कारण यो नँया उत्पादनले छोटो समयमै ग्राहकहरुको मन जित्नेमा सिप्रदी ढुक्क भएको कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नँया एक्साइड ब्याट्री पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend