जन आकाश
बिनोद कार्की ।
काठमाडौ । गोकुलगंगा गाउँपालिका रामेछाप जिल्लाको उत्तर (पूर्वी ) पहाडी भूभागमा अवस्थित प्राकृतिक र सांस्कृतिकरुपमा सुन्दर र हराभरा भएको क्षेत्र हो । प्राकृतिक रुपमा उपलब्ध स्रोतको विकासबाटै गोकुलगंगामा समृद्धि आउने देखिन्छ । खासगरी यहाँ उपलब्ध जल, जडिबुटी र पर्यटकीय क्षेत्रको पहिचान र विकासबाट पालिकालाई आत्मनिर्भर बनाउन सक्ने अवस्था रहेको छ । भने पशुपालन, तरकारी तथा फलफुल खेतीको पनि उत्तिकै सम्भावना रहेको छ ।
पालिकाको समृद्धिका हिसाबले भन्नुपर्दा गोकुलगंगा गाउँपालिकामा जलस्रोत पूर्वाधारहरुको सम्भावना बढी भएको हुनाले यहाँ बिजुली उत्पादन गर्ने खालका हाइड्रोपावरहरु बन्ने सम्भावना धेरै देखिन्छ । अहिले पनि एक दुई वटा निर्माणाधिन अवस्था छन् । भने केहीकेहीले वातावरणीय मूल्यांकनका कामहरु गरिरहेको अवस्था छ । त्यसैले यहाँको भविष्य हेर्दा यो ठाउँलाई जलविद्युत र प्रर्यटनको सम्भावना रहेको छ ।
अर्को यो क्षेत्रमा आलु र किवी खेतीको लागि एउटा राम्रो सम्भावना रहेको अवस्था छ । फलफुल र तरकारी खेतीहरुको माध्यमबाट पनि आम्दानी हुन सक्ने सम्भावना देखिन्छ । यसबाट पनि केही आम्दानी गर्न सकिने अवस्था छ । त्यसैगरी यहाँ धेरै प्रकारका जडिबुटीहरु पनि पाइन्छ । जटिबुटीहरुको निकासीबाट पनि आम्दानी हुने अवस्था छ । समग्रमा कृषि, जलविद्युत्, नयाँ नयाँ पर्यटकीय ठाउँको पहिचान र विकासका माध्यमबाटै गाउँपालिकालाई समृद्ध बनाउन सकिने सम्भावना रहेको छ ।
त्यस्तै पर्यटकीय क्षेत्रका रुपमा ताँमेडाँडा, पाँचपोखरी ,जटृपोखरी गोकुलगंगा गाउँपालिकाको बिभिन्न क्षेत्रहरु जस्तै चुचुरेको, लहरेमा राष्ट्रिय स्तरको फुटबल ग्राउन्ड निर्माण गरी दक्ष खेलाडी उत्पादन गर्न सकिने । ठोसेमा रहेको फलाम खानी उत्खन्न गरी हजारौ हजार मानिसलाई रोजगारी दिलाउन सक्ने , गोकुलगंगा गाउँपालिका युवाहरु आफ्नो परिवार त्यागेर प्रदेशिनु नपर्ने सम्भावन रहेको छ ।
यस्तै गोकुलगंगा गाउँपालिकामा २०७२ सालमा बिरबिक्रम नामक फिलिमको छायाँकन भएको थियो । जुन फिलिमले नेपाली बजारमा मार्केट सोचेको भन्दा बढी लिन सफल भयो । २०७५ सालमा लभजोन फिलिमको छायाँकन गोकुलगंगा गाउँपालिकाको खरेनेटार, शिवलाय , लहरे लगायत आसपासको क्षेत्रमा छायांकन भयो । उक्त फिलिमले समग्र गोकुलगंगा गाउँपालिकालाई चिनाइदियो । दोलाखा र रामेछापको सिमाना हुदै बग्ने खिम्ती खोला, हरियाली बातावरण, ठुला -ठुला चउरहरु मनोरम दृष्य , हरियाली डाँडाकाडाँ, मन लोभ्याँउने गाउँको बस्ती रामेछाको गोकुलगंगा गाउँपालिकालाई फिलिम सुटिङको गन्तब्य बनाई हजारौ प्रर्यटनलाई भित्रयाउन सकिने, र गोकुलगंगा गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउन सकिने सम्भावन रहेको छ ।
त्यस्तै पर्यटकीय क्षेत्रका रुपमा पाँचपोखरी ,जटृपोखरी नुम्बुर चिज सर्किट अन्तर्गत पर्ने यी पर्यटकीय तथा धार्मिक तीर्थस्थल आन्तरिक तथा बाह्य पर्यटकका लागि एक महत्वपूर्ण गन्तव्य हो। यस क्षेत्रमा हरेक बर्षको जनै पूर्णिमाको दिन हजारौ पर्यटनहरु भित्रिने गर्दछन् । यस ठाउँमा प्रवेश गर्ने मानिस सोर्गको कल्पन गरेर फर्किने गर्दछन् । चिसो, हिमालयबाट बहने अत्यन्त चिसो सिरेटो उकालो यात्रा गर्दा जति कठिन हुन्छ । त्यो भन्दा बढी प्राकृतिक सुन्दरताले आनन्द मिल्ने पाचपोखरी जटृपोखरी यो ठाउँमा गितसंगित मार्फत यहाँको मनोरम दृष्य भिडियो माार्फत देखाउन सकियो भने दैनिक हजारौ पर्यटन भित्रयाउँन सकिने सम्भावन रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend