logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“पार्टी फरक भएपनि हामी सुनकोशी गाउँपालिकाको जनताको पक्षमा एकमत छौ । ” उपाध्यक्षः कोइराला ।


  • जन आकाश
  • सोमबार, फाल्गुन २२ २०७९

 



कपिल कुमार कोइराला
उपाध्यक्ष
सुनकोशी गाउँपालिका सिन्धुली, बागमती प्रदेश

अहिले तपाईहरु नव निर्वाचित भएपछि यस गाउँपालिकामा भएका प्रगति बताईदिनुस न ?
हामी २०७९ बैशाखमा निर्वाचित भएर आएका हौ अहिले करिव १० महिना हुदैछ । यस अवधिमा यस गाउँपालिकालाई विकासमा अधि बढाउन, जनतालाई सुविधा दिन गर्नुपर्ने कामहरु गरिरहेका छौ । हामीसँग भएका स्रोत साधनले भ्याएसम्म याही र अपुग भएका ठाउँमा हामीभन्दा माथिल्लो निकाय प्रदेश, संघमा समेत अनुरोध गरेर रकम कलम ल्याएर विकासका काम र जनतालाई सुविधा दिने काममा लागेका छौ । खानेपानी समस्या निर्मुल गरेका छौ । कतै कतै खानेपानीको अझै बाकी रहेका समस्या चाडै सावधान गर्ने गरी काम गरिरहेका छौ ।
जसमा हामीले राम्रो काम गर्नेलाई पुरुस्कृत र गलत काम गर्नेलाई दण्डित गर्ने काम गरेका छौ । एउटा तपाइलाई घटनाको स्मरण गराऔ । उता नागी–मझुवा भन्ने ठाउमा वाटोको लागि २ करोडको ठेक्का थियो त्याहा २७ लाँखको काम पनि नगरेको हुनाले त्यस ठेकेदार कम्पनीलाई कालो सुचीमा हालेका छौ । यसैगरी हाम्रो बलबुताले भ्याएसम्म पालिकाको विकासमा लागिरहेका छौ ।

पछिल्लो राजनीतिक घटनाक्रमहरु चलिरहेका छन् । तपाईहरु भिन्नाभिन्नै पार्टीका जनप्रतिनिधिहरु हुनुहुन्छ । याहा त्यसको असर कति छ ?
राजनीतिक अदल बदल भाको कुरा त सर्वबिदितै छ । काम गर्ने सवालमा त्यस्तो समस्या छैन । पालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्रका ) अध्यक्ष हुनुहुन्छ । म नेपाली काँग्रेसवाट उपाध्यक्षमा चुनाव जितेको हो । उहा र मेरो बिचमा समस्या छैन । हामीले विकास निर्माणका कुरामा एकमत छौ । केन्द्रीय लेवलमा राजनीतिक अदल बदल जे सुकै होस् वास्था भएन । याहाका नागरिकका समस्याका सवै पालिका देखि सवै वडामा अनुगमन देखि लिएर मिलेर काम गरिहेका छौ ।

सिन्धुली जिल्ला निक्कै महत्व बोकेको जिल्ला हो । जाहा विपि कोइरालाको जन्म भएको थियो । यस सुनकोशी गाउँपालिकालाई एउटा यस्तो विशेषता बनाएर अगाडी बनाउने योजना के छन् ?
विपीको जन्म भएको जिल्ला हो । कृष्ण प्रसाद भट्टराईको बुबा जन्मेको जिल्ला पनि हो । प्रजातन्त्रका लागि योगदान दिन र जनतालाई वाक स्वतन्त्रता, नागरिकको हक, अधिकार प्राप्त गराउन योगदान दिने राष्ट्रिय व्यात्तित्वहरु जन्मेको जिल्ला भएको र उहाहरुकै पे्ररेणले हामी वाक स्वतन्त्रता प्राप्त भएको छ । त्यसो भएको हुनाले पहिलो प्रथामिकता हामी याहाका नागरिकहरुलाई चित्त नबुझेका कुरा स्वतन्त्र निर्धक्क भएर राख्न पाउने, उनिहरुलाई लागेका कुरा आफ्ना जनप्रनिधिलाई सुझाव दिन वालिक अधिकार सुनिश्चित गराउने काम गरिराखेका छौ । त्यसको अलवा धेरै कुराहरु छन् । यसमा अहिले विपी वाइवे हामीसँग ईतिहास सँगै विकास जोगिएर आएको छ । यसको सदुपयोग गर्नुपर्छ भनेर लागेका छौ । वि.पी. वाइवेसँग जोडिएका साहायक सडकहरुलाई जस्तै नागी देखि तालढुङगासम्म सडक जोडेर यस पालिकावाट उत्पादित कृषि सामग्रीलाई बजारमा पु¥याउने र आर्थिक रुपमा सम्पन्न गराउने काम गर्ने हाम्रो ध्यान छ । आर्थिक रुपमा सुनकोशी खोलामा गिट्टी बालुवाको ठेक्कावाट आम्दानीको स्रोत हुने ठाउँ थियो । तर त्यो ठेक्काको लागि दुईपटक सूचना प्रकाशित गर्दापनि ठेक्का लाग्न सकेन त्यो अहिले आएको आर्थिक मन्दीले पनि होला । आन्तारिक अन्य स्रोत जुटाउन अध्यक्ष ज्यु र म लगायत सवै वडाका अध्यक्षहरु लागिरहेका छौ ।

तपाई उपाध्यक्ष हुनुहुन्छ । यो पद विशेष गरेर न्यायिक समिति, महिला, बालबालिका, अपाङग, जेष्ठ नागरिकहरुको क्षेत्रमा काम गर्ने पद हो । तपाई पुरुष हुनुहुन्छ कतिको सहज छ । काम गर्नलाई ?
मलाइ सवै नागरिकहरुले मतदान गरेर जिताउनु भएको हो । यो पार्टी,उ पार्टी नभनिकन म नेपाली काँग्रेस पार्टी भएपनि उपाध्यक्ष हुदा अलिकति भित्र चै मनस्थिति अलिकता के हो के हो जस्तो वातावरण नभएको जस्तो मास मिटिङमा हामी गइयो भनेपनि के अगाडी जाने जस्तो कुरा त हुन्छ । तर नागरिकलाई सम्झे पछाडी म अगाडी बढ्दै पर्छ र महिला, बालबालिका लगायतलाई सौहार्दापुर्ण महिनामा कम्तीमा एकपटक कुनैवेला इमरजेन्सी परेमा तुरुन्तै वैठक राखेर पनि समस्याको सावधान गर्ने जस्ता काम गर्दै आएका छौ । अपाङ के कति छन् । उहाहरुलाई व्यवस्थापन गर्ने उहाहरुलाई डाक्टर ल्याएर उपचार गराउने सेवा सुविधाहरु प्रदान गर्ने, बालबालिकाहरुको लागि पनि त्यसैगरी कार्यक्रम अगाडी बढाएका छौ । जसको सानैमा विविध कारणले बाबु– आमा छैनन् । वा गरिवीका कारण पढ्न नपाएका बालबालिकाको लगत संकलन गरेर उनिहरुको व्यवस्थापन कसरी गर्ने भनि योजना नै बनाएर काम गरिहरका छौ ।
लैगिङ हिंसा नहोस भनेर वेला वेलामा सचेतना कार्यक्रमहरु संञ्चालन गरेर पनि काम गरिराखेका छौ । मैले कुनै महिला, बालबालिका सम्बन्धि ज्ञानको अभाव भएमा अध्यक्ष ज्युलाई सोधेर पनि काम गर्छु । यसरी मिलेर पालिकाको विकासमा हामी लागेका छौ ।

अन्तमा भन्न लागेका तर छुटेका केही छन भने भन्नुस् ।
मलाई यहाका नागरिकहरुलाई के आग्रह गर्न चाहान्छु भने तपाईहरुले जसरी विस्वास गरेर जिताउनु भएको छ । त्यसैगरी काम गर्नपनि विस्वास गरेर अगाडी बढ्ने अवसर दिनुहोस् समस्या जे छन् निर्धक्क फोनमा वा भेटेर गर्नुस् भन्न चाहान्छु भने तपाइको यो जनआकाश साप्ताहिक तथा जनआकाश टिभीमा मेरा भनाई आम नागरिकमा पु¥याउन दिनुभएकोमा धन्यावाद दिन चाहान्छु ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend