जन आकाश
जनकपुरधाम । धनुषा जिल्लामा मोटरसाइकल दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका १ विजयपुरका ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एक जना सडक मानव (पुरुष) रहेक छन् ।
सोमबार राति करिब ११ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका (१० लालगढमा बर्दिबासतर्फबाट आउँदै गरेको प्रदेश २ –००२ – ०३ प ७७४३ नम्बरको मोटरसाइकल सडक मानवसँग ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका अपरिचित सडक मानवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक महतोको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा मंगलबार बिहान ढल्केबर बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend