logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लघु चलचित्र ‘उपचार’ यूट्युवबाट सार्वजानिक हुँदै


  • जन आकाश
  • बुधबार, फाल्गुन २४ २०७९

लघु चलचित्र ‘उपचार’ यूट्युवबाट सार्वजानिक हुँदै



काठमाडौं: नेपाली कथानक लघु चलचित्र ‘उपचार’ नामक छोटो चलचित्र Akhabar Nepal नामक YouTube च्यानलबाट सार्वजानिक हुने भएको छ ।

अशोक शिवाकोटीको लेखन तथा निर्देशन रहेको चलचित्रमा लक्ष्मण पौडेल, कमला उप्रेती, डम्बर ढकाल, जमुना तिवारी, पदम राई, कमल घलान, योगेन्द्र चौलागाई, न्हुच्छेमान महर्जन, उमेश गिरी र अशोक शिवाकोटीको अभिनय रहेको छ ।

सामाजिक तथा जनचेतनामूलक आधारितमा बनेको चलचित्र मकवानपुरस्थित बकैया गाउँपालिका आसपास छायांकन गरिएको हो । उक्त लघु चलचित्रलाई सुबास मुखिया सुनुवारले छायांकन गरेका छन् भने सम्पादन पनि मुखियाकै रहेको छ ।

न्यू भिजन प्वाईन्ट प्रा.लि. को प्रस्तुती रहेको उक्त लघु चलचित्रको निर्मातामा पदम राई, कमल घलान, न्हुच्छेमान महर्जन र उमेश गिरी रहेका छन् । लक्ष्मण पौडेलले चलचित्रको सहायक निर्देशन गरेका छन् भने प्रवन्ध निर्देशकमा योगेन्द्र चौलागाई रहेका छन् ।

उक्त ट्रेलर यश लिन्कमा क्लिक गरेर हेर्न सकिने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend