logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

रामेछाप जिल्ला कराते महासंघको नेतृत्वमा सुक्र माझी


  • जन आकाश
  • बिहिबार, फाल्गुन २५ २०७९

 



रामेछाप । रामेछाप जिल्लामा कराते महासंघ गठन भएको छ । मितिः २०७९ फागुन २५ गते रामेछाप जिल्लाको मन्थलिस्थित जिल्ला समन्वय सििमतिको हलमा भएको कार्यक्रममा जिल्ला खेदकुद विकास समितिका अध्यक्ष सरोज थापामगरको प्रमुख अतिथि, जिल्ला कराते संघको प्रशिक्षक हिमाल योञ्जनको अध्यक्षतामा भएको कार्यक्रमले शुक्र माझीको नेतृत्वमा ११ सदसीय रामेछाप जिल्ला कराते महासंघ गठन गरेको छ ।

नव गठित रामेछाप जिल्ला कराते महासंघको नामवली यसप्रकार छ ।

अध्यक्षः शुक्र बहादुर माझी (सितोरियो )
उपाध्यक्षः मकर बहादुर श्रेष्ठ (क्वान मुकान)
उपाध्यक्षः ज्ञान बहादुर थापामगर (वादोरियो)
सचीवः मनी कुमार सुनुवार (सितोरियो)
कोषाध्यक्षः कुमार चौलागाई (गोजुरियो)

सदस्यहरु
राजु भुजेल (सितोरियो)
इन्द्र रोजन मगर (वादोरियो)
विमल सिजाली मगर (सितोरियो)
रोजी वि.क. (सितोरियो)
उत्तम कुमार श्रेष्ठ (सितोरियो)
सदिक्षा खड्का (सितोरियो)

प्रदेश प्रतिनिधिहरु
१) शुक्र बहादुर माझी
२)मकर बहादुर श्रेष्ठ
३) ज्ञान थापा मगर
४)मणि कुमार सुनुवार
५) सन्जना माझी
सल्लाहकार समितिमा
१) हिमालय योन्जन
२) गोपाल बहादुर माझी
३) सरोज घागा मगर

उल्लेखित छुट्टाछुट्टै विद्या बिषय करातेहरुलाई समेटेर रामेछाप जिल्ला कराते महासंघ बनेको नव गठित सचीव मनि कुमार सुनुवारले जानकारी दिएका हुन् । सुनुवार हाम्रा यस जन आकाश साप्ताहिक तथा जनआकाश डटकमका खेलकुद संवाददाता समेत हुन् ।

नव गठित रामेछाप जिल्ला कराते महासंघका मनिकुमार सुनुवार लगायत समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

केही नाम छुटेको हुनाले थपिएको  छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend