logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

इन्फोडेभलपर्सद्वारा महिला कर्मचारीलाई सम्मान


  • जन आकाश
  • आइतबार, फाल्गुन २८ २०७९

काठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले महिला कर्मचारीहरुलाई सम्मान गरेको छ । अन्तर्रास्ट्रिय नारी दिवसको अवसरमा इन्फोडेभलपर्सले ३ बर्ष भन्दा बढी योगदान गरेका महिला कर्मचारीलाई आयोजित एक कार्यक्रममा सम्मान गरेको हो ।



इन्फोडेभलपर्समा सफ्टवेयर डेभलपमेन्ट, प्लानिङ, सेल्स, मार्केटिङ, सपोर्ट लगायतका विभागहरुमा १०६ जना महिला कर्मचारीहरु काम गरिरहेका छन् । कम्पनीले अनु खड्का, बिन्दु प्रधान, दिक्षा शाक्य, लसता तुलाधर, मनिषा खनाल, निश्मा काफ्ले, रेनुका खड्का, सन्जु मगर, श्रेया तामाङ्ग, श्रीस्टिना नकर्मी, सुस्मिता राईलाई सम्मान गरेको छ ।

सम्मान पाउने कर्मचारीहरुको तर्फबाट आफ्नो भनाइ राख्दै वरिष्ठ इन्जिनियर निश्मा काफ्लेले नेपालकै अग्रणी कम्पनीमा काम गर्दा विभिन्न प्रयोगात्मक कुराहरु सिक्नुको साथै आफुलाई आईसीटी क्षेत्रमा अब्बल बनाउदै लैजान ठूलो भूमिका खेलेको बताउनु भयो । उक्त कार्यक्रममा सम्मानको अतिरिक्त कर्मचारीहरुद्वारा विभिन्न सास्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

सोही कार्यक्रममा महिला कर्मचारीहरुको तर्फबाट आफ्नो भनाई राख्ने क्रममा प्रडक्ट ओनर दिपिका पौड्यालले कार्यालयमा काम गर्ने क्रममा कुनै पनि असमान व्यवहार नपाएको बताउनु भयो ।  यस्तै गरी कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) डा. राजिब सुब्बाले अपोलो प्रोजेक्टका प्रमुख सफ्टवेयर इन्जिनियर Margaret Hamilton लगायतको उदाहरण दिँदै सुरुका दिनहरुमा सफ्टवेयर डेभलपमेन्टका लागि कोड लेख्ने काम महिलाहरुले गर्दै आएकोमा हाल आईसीटीको क्षेत्रमा काम गर्ने महिलाहरुको संख्या कम हुँदै गएको बताउनु भएको थियो ।

विश्वको आईसीटी क्षेत्रमा २२ प्रतिशतत महिलाले काम गर्दै आईरहेको तर इन्फोडेभलपर्समा भने कम्तिमा ३० प्रतिशत भन्दा बढी महिला कर्मचारिहरु हुनु आफैमा गौरवको विषय भएको समेत बताउनु  भयो । विभिन्न पेसामा जस्तै आईसीटीको क्षेत्रमा पनि महिलाहरुले नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने पनि उहाँको भनाइ छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले आफूले कहिले पनि कर्मचारी नियुक्त गर्ने बेलामा महिला र पुरुष भनेर कुनै तुलना नगर्ने बताउनु भयो । कम्पनीमा कुनै पनि सेवा, सुविधा र जिम्मेवारीमा महिला र पुरुषबीच भेदभाव गर्न नहुने उहाँको धारणा छ । महिला हुँदैमा कमजोर छु भन्ने सोच्नु र केही कुरामा अरुमा निर्भर हुनु खोज्नु आफैमा कमजोरी भएको भन्दै रघुवंशीले आफ्नो कमजोरीहरुलाई जितेर अगाडि बढ्न हौसला प्रदान गर्नुभएको थियो । इन्फोडेभलभर्सले आगामी २ र ३ बर्षमै महिला कर्मचारीहरुको संख्या ३५ प्रतिशतभन्दा माथी पुर्याउने लक्ष्य पनि राखेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend