logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आत्मदाह देखि आत्महत्या रोक्ने उपाय तत्काल खोज सरकार


  • जन आकाश
  • सोमबार, फाल्गुन २९ २०७९

काठमाडौको संसद भवन अगाडी युवा व्यवसायी प्रेम आचार्यले २०७९ साल माघ ११ गते आत्मदाह गरेको घटना पहिलो होला । त्यो पनि उनले नेपालमा गरेका अथक प्र¥यासहरु सवै एकपछि अर्को गर्दै समाजले निरासा मात्र पारेको उनले आत्मदाह गर्नु अगाडी लेखेको उनले प्रयोग गर्ने समाजिक सञ्जालमा देखिन्छ ।यसले नेपालको अवस्था निक्कै डरलाग्दो अवस्थामा पुगेको संकेत गरेको छ ।



त्यो घटना सेलाउन नपाउदै अर्का विराटनगरका व्यवसायी मोहन न्यौपानेले ऋण तिर्न नसकेको भन्दै मितिः २०७९ माघ ११ गते बुधबार आत्महत्या गरेका थिए ।
त्यसैगरी रामेछापका काठमाडौमा आई व्यवसायी गरिरहेका दिपक पौडेलले बैंकको ऋण तिर्न नसकेपछि आत्महत्या गरेका छन् । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भीरपानीका ५० बर्षिय व्यवसायी दीपक पौडेलले पनि बैकको ऋण तिर्न नसकेर नै आत्महत्या गरेको नोट लेखेका छन् । उनले फागुन १७ गते आफ्नै घरमा डोरीमा झण्डिएर आत्महत्या गरेका हुन् ।

त्यसैगरी पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्षका भाई एकीकृत समाजवादी पार्टीका ईन्जिनियर बिभागका प्रमुख सरोज नेपालले एक रेष्टुरेन्टको छैटौ तलावाट हाम फालेर आत्महत्या गरेका छन् । उनको बारेमा सुसाइट नोट वा अरु कारणहरु कतै सार्वजानिक भएको छैन ।

सरोज नेपाललाई घाइते अवस्थामा देखेका युवाहरुले सिभिल अस्पताल पु¥याएको र त्याहावाट तत्कालै अन्नपूर्ण न्युरो अस्पतालमा पु¥याउदा उनको निधन भएको सार्वजानिक भएको छ । त्यो भन्दा अन्य कुनै कुराहरु बाहिर आएका छैनन् ।

यि त चर्चामा आएका र देखिएका घटना भएको हुनाले प्रतिनिधि पात्रा मात्र हुन् । यस्ता हजारौ गुम्सिएर रहेका नदेखिएका घटनाहरु देशमा कति होलान् ।

यस्ता घटनाहरु दिनानुदिन बढ्दै जानुमा देशको अर्थतन्त्र खुम्चिनु, सामाजिक बिकृतिहरु मौलाउनु, राज्य नागरिकहरु प्रति उदासिन हुनु नै यसका कारणहरु हुन् । देशमा परिवर्तनको नाममा सधै द्धन्द्ध सृर्जना गर्नु, उत्पादन केही नगर्नु उत्पादन गर्नेहरुलाई नचिन्नु, र अरु देशको सामान ल्याएर बेच्ने तर नेपालमा उधोग खोलेर देखाउनको लागि मात्र राख्ने विचौलियाले उधोगले प्राप्त गर्नुपर्ने सुविधा यस्ता बिचौलियाले पाउने जस्ता कारणहरुले नेपालका वास्तविक गरिखाने वर्गको हितमा काम गर्न नसक्दा यस्ता समस्याहरु बिकराल बन्दै गईरहेको देखिन्छ ।

त्यसकारण यस्ता जनताले आर्थिक अभावमा फसेर तनावमा ज्यानै गुमाउने निरासा हुने वातावरणलाई रोकेर समस्या आए सरकार छ । त्यसको सावधान सरकारले गर्छ । भन्ने आत्म विश्वास र व्यवस्थापन सरकारले गरोस् । श्रम गर्छु, देशमा बस्छु, मेहनत गर्छु भन्दाभन्दै पनि बिचौलियाहरुले निरुत्साहित पार्ने व्यवहारलाई अन्त्य गर्न काम तत्कालै काम थाल सरकार ।

काम गरेर आत्म हत्याको दर रोक सरकार भोली यस्तै बिकराल अवस्था बन्दै गयो भने मानसिक रुपमा खप्न नसकेर सरकारमा बस्नेहरु नै पो आत्महत्या गर्न बाध्य हुन के बेर त्यसैले समाजलाई असल कर्मतिर अग्रसर गराएर आत्महत्या हुन नै नदिन तत्कालै दिर्धकालीन, अल्पकालीन, मध्यकालीन योजना लागु गर सरकार ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend