logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मनोरञ्जन दर्शकका लागी, कुशल नेतृत्व संघका लागी


  • जन आकाश
  • सोमबार, फाल्गुन २९ २०७९

मोहन कार्की ।



काठमाडौ । यतिवेला नेपाल चलचित्र कलाकार संघको अधिवेशनले कलाकारहरुलाई छपक्कै ढाकेको छ । कलाकारहरु बढी हुने क्षेत्रहरु बागबजार,अनामनगर, कंलकी,नयाँ बनेश्वर, पुरानो बानेश्वर, बालाजु, लगायत क्षेत्रमा अधिवेशनमा कस्लाई भोट हाल्ने, कस्तो नेतृत्व छान्दा चलचित्र र कलाकारहरुको हित हुन्छ भन्ने प्रश्नमा कलाकारहरुले चिन्ता गरेको भेटिन्छ ।

यतिवेला कलाकारिता क्षेत्रका धेरै जतिका गुरु अर्थात समान्य सिरियल देखि ठुला फिल्म निर्देशक, प्रडुसर भईसकेका मोहन निरौलालाई कलाकारहरुले नै अध्यक्षको लागि भनेर अघि सारेका छन् । भने उनको प्रतिद्धन्द्धीको रुपमा रेजिना उप्रेती पनि अध्यक्षको लाइनमा उभिएकी छन् ।

हुनत दुवै कलाकार नै हुन् । तर कलाकारिताको क्षेत्रमा रेजिना मोहन निरौला भन्दा निक्कै पछाडी कलाकारिता क्षेत्रमा आएको हुनाले अनुभवको हिशावमा, नेतृत्व क्षमताको हिसावमा निरौलाको ओज नै बढी देखिन्छन् । त्यसकारण निर्वाचनको परिणाम निरौलाको पक्षमा आउने आकालन कलाकारहरुको छ । तर लोकतन्त्रमा स्वास्थ प्रतिस्पर्धा गर्न पाउने अधिकार भने सुरक्षित छ ।

यतिवेला नेपाल चलचित्र कलाकारको नेतृत्वको प्रतिस्पर्धाको तयारीमा रहेका कलाकारहरुका लागि एउटा यस्तो नारा प्रचलित भएको छ । मनोरञ्जन दर्शकका लागि, कुशल नेतृत्व संघका लागि, भन्नुको अर्थ रेजिना उप्रतीले कलाकारिता क्षेत्रवाट धेरैभन्दा धेरै दर्शकको मन जितेर उनको अभिनयवाट दर्शकलाई मनोरञ्जन दिन सकेकी छन् । भने मोहन निरौला कलाकारिता क्षेत्रको मौलिक संस्कृति संरक्षित गर्दै नेपालको फिल्म क्षेत्रमा लामो अनुभवलाई नेपालको फिल्म क्षेत्रमा लगायर काम गर्न सक्ने र नेपालका कलाकारहरुको हितका लागि कुशल नेतृत्व हुन् । त्यसैले मोहन निरौलालाई कुशल नेतृत्वको रुपमा कलाकारहरुले व्याख्या गर्न थालेका छन् ।

उनिहरुले आ–आफ्ना प्यानल छुट्याएर मैदानमा उत्रिएका छन् । यही चैत्र ४ हुने अधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गरी नेपाल चलचित्र कलाकार संघले नयाँ नेतृत्व पाउने छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend