logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

 कोरोना महामारीको कारण रिलिज स्थगित भएको “नीरफूलु फिल्म” जेठ १९ मा रिलिज हुँदै


  • जन आकाश
  • मंगलबार, फाल्गुन ३० २०७९

काठमाडौ । कोरोना महामारीको कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिन अघि मात्रै कोरोना महामारीको कारण फिल्म हल बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो ।



भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित फिल्म फूलमान बलले निर्देशन गरेका हुन् । धादिङको रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरूङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् भने म्यानमारका तत्कालीन राजदूत ऊ लिउन उ र अभिनेत्री रेखा थापालाई पनि विशेष भूमिकामा हेर्न पाइन्छ ।

‘भूकम्पपछिको भौतिक पुनर्निर्माण तिर त सबैको ध्यानको गयो, तर भत्किएका मन र भत्किएका सम्बन्धको पुनर्निर्माणतिर कसैको ध्यान गएन’, फिल्मको कथा वस्तुबारे निर्देशक वलले भने, ‘नीरफूलले तिनै भत्किएका मन र सम्बन्धहरूको पुनर्निर्माणको कथा भन्छ।’

फ्रेण्ड्स अफ नेपाल म्यानमार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम हुन् । निरफूलमा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend