logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

चैत २ देखि ६ गते सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ निफको सम्पूर्ण तयारी पुरा


  • जन आकाश
  • बुधबार, चैत्र १ २०७९

काठमाडौ । भोली अर्थात चैत २ देखि ६ गते (मार्च १६/२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सम्पूर्ण तयारी पुरा भएको छ । विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ ‘निफ’को सम्पूर्ण तयारीका लागि टीम तीन महिना अघि देखि सक्रिय रहँदै आएको छ ।



‘निफ’को समुद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने छ । भने समापन संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीबाट हुने भएको छ ।

५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको जानकारी यस अघि नै गराईसकेको छ । , यी सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफ एक्सद्धारा सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरुका ठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलबाट हुनेछन् ।

संसारभरीका प्रतिनिधि चलचित्रलाई आफ्नै आँगनमा हेर्न पाउने यो अवसरबाट कलाकर्मी तथा कलाअनुरागी कोही पनि बञ्चित नहुन्न भनेर नै  प्रदर्शनको दायरालाई फराकिलो बनाएको हो । छैटौं निफको ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ । त्यसै गरी माथि उल्लेखित सिनेमा हलहरुमा टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने जानकारी यस अघि नै गराई सकेको छ । चलचित्र प्रदर्शनको सेड्युल समेत सार्वजनिक गरिसकिएको छ ।

त्यसैगरी विगतमा झैं यस पटक पनि ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको विधा समावेश छन् । यस पटकको निफमा समेत रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिईएको छ । चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञहरुले विभिन्न सेसनमा उल्लेख्य सहभागिता जनाउनु हुने टुंगो लागि सकेको छ । सम्पूर्ण सेसनहरु र एकल प्रस्तुतिका सम्बन्धमा सार्वजनिक भएका सेड्युल मार्फत जानकारी लिन सकिने छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend