जन आकाश
काठमाडौं । नेशनल लेवलको अवाकस प्रतियोगिता सम्पन्न भएको छ । बिहिबार काठमाडौंस्थित वर्ल्ड ट्रेड सेन्टरमा कार्यक्रमको आयोजना गर्दै प्रतियोगीता सम्पन्न भएको हो। प्रतियोगितामा १६० विद्यालयवाट छानिएर आएका २ सय बढी विद्यार्थीसंगै उतिनै अभिभावकहरुले सहभागिता जनाएका थिए ।
सहभागी विद्यार्थीलाई ३ वटा ग्रुपमा विभाजित गरेर प्रतियोगीता गरिएको थियो । प्रतियोगीता अन्तर्गत A1A2 समूहबाट नवनित टुड्लर्स जोनका सवल पोखरेल प्रथम, नविन ज्योती ईंलिस स्कुलका साना गिरी द्धितिय र काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका दर्स सिल्वाल तृतीय भएका छन् ।
यस्तै B1B2 समूहबाट रिड मोडल स्कुलका महिमा गुरुङ प्रथम, रिड मोडलकै करिशा योगी द्धितिय र काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका कशिव कार्की तृतीय भएका छन् ।
यस्तै Z1Z2 समूहबाट किण्डर जोए मन्टेश्वरी स्कुलका स्वेरज जंग थापा प्रथम, किण्डर जोए कै सुजल दास द्वितीय र काठमाडौं युरो स्कुलका सुमिन गिरी तृतीय भएका छन् । विजयी हुने विद्यार्थीहरुलाई ट्रफि र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
विभिन्न विद्यालयमा भएको प्रतियोगिताबाट छानिएका उत्कृष्ट विद्यार्थीहरुलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराईएको हो ।
कार्यक्रममा चर्चित जादुगर एवम् हास्य कलाकार शेरबहादुर गुरुङले जादु देखाएर मनोरञ्जन दिलाएका थिए ।
बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयहरुले बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएका छन् ।
अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितिय हिसाबका लागि क्यालकुलेटरको समेत आवश्यकता नपर्ने भएकाले यसको प्रभाव पनि बढेको बालविकास तथा एनसीमास संस्थाका निर्देशक तेजु नेपालले बताए ।
बालवालिकाको व्यक्तिगत, चारित्रिक,तथा पढाइलाई मध्यनजर गर्दै नेपालका थुप्रै विद्यालयहरुमा अवाकस प्रणालीलाई पाठ्यक्रममा समाबेश गरिएको छ । विगत १८ बर्षदेखि नेपालमा संचालन गरिँदै आएको उक्त प्रणालीलाई प्रभावकारी मानिएको छ । विद्यार्थीहरुले पनि उक्त शैक्षिक प्रणालीलाई उत्तिकै मन पराएका छन् ।
अभिभावकले समेत उक्त प्रणालीले साँच्चै सकरात्मक परिवर्तन ल्याएको भन्दै प्रभावकारी रहेको बताएका छन् । उनीहरुले अवाकसले आफ्ना बालबालिको ध्यान पढाईमा केन्द्रित भएको र अन्य विषयमा समेत बालबालिकाको पढाई राम्रो भएको भन्दै खुसी व्यक्त गरेका थिए ।
११ बजेवाट शुरु हुने भनिएको कार्यक्रम १२ बजे मात्र शुरु भएको थियो कार्यक्रम धेरै लामो र पटयार लाग्दो भएका कारण सम्बनिधत पक्ष मात्रत्र अन्तसम्म रहेका थिय ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend