logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

डोम जातिमा शिक्षा र सरसफाईका लागि जनचेतना जगाउन लागे डोम युवा


  • जन आकाश
  • शुक्रबार, चैत्र ३ २०७९

 



रौतहट। परोहा नगरपालिकाको बसन्तपट्टीमा डोम जातिमा शिक्षा र सरसफाईका लागि सचेत गराउने उदेश्यले विहिबार अन्तरकृया गरिएको छ।

डोम समुदाय बिकास केन्द्र ( Dcdc) रौतहटको Nepal नामक संस्थाको आयोजनामा सो अन्तरकृया भएको संस्थाका अध्यक्ष बिजय मल्ली डोमले बताए । परोहा नगरपालिका वडा नम्बर ६ बसन्तपट्टिका वडा अध्यक्ष विलास वैठाले रौतहटका डोम बस्ती टोलमा परा पुर्वकाल देखि पछाडी पारिएको र आफैपनि सकृय नहुदा पछाडी परेको हुनाले अफैपनि सकृय हुनुपर्ने बताए ।

डोम समुदायहरुलाइ शिक्षा तथा सरसफाइ सम्बन्धि जनचेतना मुलक अभियान जिल्लामा अझै तिब्रता दिन जरुरी रहेकोमा स्थानीय तहलाई हातेमालोका गर्न अनुरोध गरेका छन । कार्यक्रममा आयोजक संस्था डोम समुदाय विकास कार्यक्रमका कोषाध्यक्ष बिरेन्द्र मली डोमले हामी समुदायको उत्थानका लागि अगाडि आएको छु सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा रहेको वताए ।

सो कार्यक्रममा स्थानीय महिलापुरुष गरि जम्मा ३५ जनाले भाग लिएका थिए । सहभागीले आ आफ्ना बाल बालिकालाई नियमित विधालय पठाउने तथा व्यक्तिगत सरसफाई गर्नुको साथै घर आंगन र टोल सफा राख्ने प्रतिवद्वता समेत गरेका छन ।

यसका सफलताका लागि आर्थिक तथा कलम, कापी र पोशाक सहयोग गर्न दातृ निकायलाई अनुरोध समेत गरेका छन । जिल्लाका सबै पालिकामा कार्यक्रम सञ्चालन गर्ने जनकारी दिदै गढिमाईको हथिऔल र माधव नारायण नगरपालिकाको खेसरहियामा केही दिन अगाडि नै सम्पन्न गरेको कोषाध्यक्ष डोमले बताए ।

शिक्षा तथा सर सफाईको साथ साथै विधालय नजाने २० बर्ष भन्दा वढि उमेर भएका महिला पुरुषका लागि शिपमुलक तालिम समेत आयोजना गर्न लागेको उनले बताएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend