जन आकाश
काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरि आफ्नो लोकप्रिय हलुका सवारी साधन (लाइट कमर्सियल भेइकल) दोस्तमा अटोमोबाइल क्षेत्रकै संभव सबैभन्दा बढी, ५ वर्षको वारेन्टी घोषणा गरेको छ ।
यो सवारी साधन उत्पादक कम्पनी आफैंले घोषणा गरेको वास्तविक वारेन्टी हो र एक्सटेन्डेड वारेन्टी होइन । यो कदम ग्राहकको सन्तुष्टि र ब्रान्डप्रतिको विश्वास बढाउनको लागि हो । यो नेपालको एलसीभी अर्थात लाइट कमर्सियल भेइकलको बजारमा सबैभन्दा प्रतिस्पर्धी वारेन्टी समेत हो ।
कम्पनीले प्रदान गर्ने घोषणा गरेको नयाँ वारेन्टी बेस्ट इन सेगमेन्ट हो । यसले दोस्तको पर्फमेन्स बढाउन हयोग गर्ने सबै रेन्जका कम्पोनेन्टहरुलाई यसले कभर गर्नेछ । योवारेन्टी अन्तर्गत इन्जिनका साथसाथै पावर स्टेयरिब बक्स, पावर स्टेयरिब पम्प, टर्बोचार्जर, फ्युल इन्जेक्सन पम्प र इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर रेडिएटर कोर र कुलिब फ्यान क्लच जस्ता प्रमुख उपकरण सबैमा कभर हुनेछ । यसका साथै गियरबक्स, रियर र फ्रन्ट एक्सलका साथै इन्जिन वायरिब, स्टार्टर मोटर, अल्टरनेटर जस्ता इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिक कम्पोनेन्ट युनिट समेत कभर हुनेछ ।
नयाँ अफरको वारेमा टिप्पणी गर्दै आइएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भन्नुभयो, । उत्पादक कम्पनीको ५ वर्षे वारेन्टी एलसीभी सेगमेन्टमै पहिलो र यो सेगमेन्टकै सबैभन्दा राम्रो हो । धेरै कम्पनीहरुले ३ वर्षे वारेन्टी मात्र उपलब्ध गराइरहेको सन्दर्भमा अशोक लेल्यान्डको यो अर्को ठूलो कदम हो, जसले आफ्नो उत्पादनमा विश्वसनियता बढाउनुका साथै ग्राहकलाई थोरै मूल्यमा आफ्नो सवारी साधन सञ्चालन गर्न सहयोग पु¥याउने छ । हाम्रो लाइट कमर्सियल भेइकलमा यस प्रकारको नयाँ वारेन्टी अफर उपलब्ध गराउन पाएकोमा हामी निकै नै खुसी छौ, जसले गर्दा हाम्रा ग्राहकलाई आफ्नो सवारी साधन अझै विश्वसनिय तरिकाले प्रयोग गर्न सहयोग गर्नुका साथै दीर्घकालीन सञ्चालन खर्चमा समेत कमी ल्याउन मद्दत गर्नेछ ।’
सबै प्रमुख कम्पोनेन्ट समेट्ने व्यापक वारेन्टी प्याकेज प्रदान गरेर कम्पनीले आफ्ना ग्राहकहरूलाई झन्झट मुक्त स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । परिष्कृत वारेन्टीले ब्रान्डको गुणस्तर र विश्वसनीयता प्रति प्रतिबद्धताको प्रमाण समेत दर्शाउछ । नेपालभरका अशोक लेल्यान्डका सबै डिलरसिप र सर्भिस स्टेसनहरू मार्फत उक्त वारेन्टी उपलब्ध हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend