logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

छैटौ निफमा भुराजनीतिमा सिनेमा सम्बन्धि कलाकारहरुले के भने


  • जन आकाश
  • शुक्रबार, चैत्र ३ २०७९

 



काठमाडौ । चैत २ देखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्टिय चलचित्र महोत्सव (निफ)को दोस्रो दिन आज भुराजनीतिमा सिनेमाको भुमिका विषयक सेसन सम्पन्न भएको छ । भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा सम्पन्न उक्त सेसनका प्रमुख वक्ताहरुमाचल चित्र निर्देशक प्रकाश सायमी, राजनीतिज्ञ डा. लीला न्याईच्याईं र प्रो.खड्ग केसी हुनुहुन्थो । सेसनको संयोजन तथा प्रस्तुति सञ्चारकर्मी योगेश ढकालले गर्नु भएको थियो ।

सेसनमा कस्ले के भने ?
प्रकाश सायमी
हाम्रो कुरा हामीले भन्न जानेनौं । हामीले जहिल्यै सगरमाथा, बुद्ध र कुमारी भनेर बस्यौं । तर संसारले भने सृजना पस्किरहेको छ । र, आफूले चाहेको कुरा बेचिरहेको छ ।

भारतको २२ औं राज्यको रुपमा सिक्किम बनेपछि भारतले डेनी डेनजोडपालाई हिरो बनायो । हिरो भनेको डेनी जस्तो हुन्छ र उसले हिन्दीबोल्छ भन्ने कुरा स्थापित गर्न यसो गरिएको थियो ।

बोल्सेभिक क्रन्तिपछि रसियामा लेनिनले फिल्मलाई धेरै महत्व दिए । जसले संसारमा रसियन फिल्मलाई मात्र स्थापि गरेन उनीहरुका सोच र सिद्धान्त पनि संदेशका रुपमा फिजाउन सफल भए ।

¬
डा. लीला न्याइच्याईं
संसारमा नै सवैभन्दा शक्तिशाली माध्यम मिडिया हो । यस अर्थ स्वभाविक रुपमा संदेश प्रवाहको यस माध्यमलाई सवैले प्रयोग गर्छन् नै ।
कसैले भनेको सुनेकी थिएँ, सिनेमा भनेको ध्वजा बहाक फिल्म जस्तै हो ।
अहिले बच्चाहरुले कि अंग्रेजी बोल्छन् कि हिन्दी । नेपाली भाषा बोल्यो भने कम जान्ने र बुझ्ने भन्ने बुझ्न थालिएको छ । म आफ्नो मातृ भाषा बोल्छु, लेख्न गाहे छ । मेरा बच्चाहरुलाई बोल्नै गाहे छ । यो कस्ले गरायो ?

प्रो. खड्ग केसी
फिल्म भनेको सफ्ट पावर हो ।
पुजीवादको लगानीका लागि पुरस्कार र अवार्ड आयोजना हुन्छ ।
सेलिब्रेटी पनि सफ्टपावर हुन् । भारतप्रति सकारात्मक बनाउन त्यहाँका सेलिब्रेटीहरु सहायक सिद्ध हुने गरेका छन् ।
हामीमा अध्ययन अनुसन्धानको कमी हुने धेरै कारण छन् । एउटा उदाहरण भन्छु, नेपालको २७ बर्ष बराबरको बजेट हवार्ड विश्वविद्यालयले एक बर्षमा खर्च गर्छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend