logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कविता


  • जन आकाश
  • आइतबार, चैत्र ५ २०७९

 बिनोद काकी ।



मन् मनैको सोचाइ त्यो साईकलको यात्र
कहाँ कुरा बुझ्छौ र मेरो मन भित्रको पिरत

समय सँगै दोडिदै छु, यहाँ भबिष्यको चिन्ता
सबै सपना पूरा हुने कहिले आउँलान ती दिनत

इतिहास नै भए । तिमिसँग  रमाएका ती दिन
फेस्बुक अनि मेसेन्जरमा भयौ  कन्ट्याक बिन

याद आउँछ रमाइला ती गाउँ  घरका बालापन
ती बालपन  फर्कि आइदे कस्तो हुन्थ्यो  झन

बाहिर हास्न सिकेको छु, पीडा छदै छ त्यो मनमा
आउँन उकाली  ओराली घाँस दाउँरा गर्ने  त्यो  भिरमा
गाउँघरको जस्तो मायाँ नहुने स्वार्थी काठमाडौ सहरमा

उकाली ओराली घाँस दाउँरा गर्ने ति गाउँघरको बाटो
बिर्सेउ  होला मायाँ  तिमिले   आफ्नै ठाउँको माटो ।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend