logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

६८ औं श्रष्टा पदयात्राका क्रममा ‘’प्रहरी संग एकदिन रचनाबाचन ‘’ तथा तीन श्रष्टा सम्मानित


  • जन आकाश
  • सोमबार, चैत्र ६ २०७९

 



जयराम बिडारी

रसुवा । प्राकृतिको काखमा बिचरण गर्दै साहित्य सृजनालाइ प्राथमिकताका साथ निरंतरता प्रदान गर्ने पदयात्री स्रष्टा समूहको ६८ औं सृंखला रसुवा र नुवाकोटको संगमस्थल रहेको ऐतिहासिक तथा धार्मिक पुण्य भूमि बेत्रावति स्थित प्रहरी चौकि बेत्रावतिको आयोजना तथा साहित्य संगम नुवाकोटको सहकार्यमा एक भव्य कार्यक्रमका बिच सुसम्पन्न भएको छ ।

कार्यक्रममा सहभागिता जनाउन देशका बिभिन्न जिल्ला तथा काठमाण्डौ बाट एकत्रित भएका ३७ जना साहित्यकार हरुको समूह त्यसतर्फ प्रस्थान गरि उक्त कार्यक्रममा सम्मिलित भएको थियो । पदयात्राका क्रममा साहित्य सम्मेलन गर्दै प्रहरिसँग एक दिने रचना वाचन कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा स्रष्टा पदयात्री डा.धनप्रसाद सुवेदी, पदयात्राको यात्रा संस्मरण कृतिमा स्नातकोत्तरमा शोधपत्र तैयार गरेका मनोज दाहाल र स्रष्टा पदयात्राको लोगो बनाउने कलाकार काजी रानालाई अभिनन्दन~सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा उपत्यकाबाट स्रष्टा पदयात्री डिल्लीराज अर्याल, शीतल गिरी, एन.बी. जनकपुरी, माधव घिमिरे ‘अटल’ घनश्याम प्रसाई, गंगाप्रसाद भेटवाल, माधव घिमिरे अटल, मन्दिरा मधुश्री, खोलाघरे साहिलो, परशुराम परासर, सुमन पुडाशैनी, यशोदा घोरासैनी, लीलाराज दाहाल, शान्ति सापकोटा, अप्सरा दाहाल, मनोज दाहाल, काजी राना, डा.धनप्रसाद सुवेदी, रामकुमार पंडित, सुनिता पंडित, माधवलाल श्रेष्ठ, यादेवी ढकाल, जयराम विडारी, डा.नेत्र ऐटम, ऋचा, असिम सागर, बखत बहादुर थापा, बुद्धि सागर पौडेल, गीता रेग्मी, शीजना शर्मा, नगाधिराज, प्रभा वराल, कुमार कोइराला, गीता नीरौला भण्डारी, रुवी सत्याल बिडारी दिपक भेटवाल ,नुवाकोटका साहित्यकार शम्भु गजुरेल , गंगा आचार्य लगायतको सहभागिता रहेको थियो ।

प्रहरीसंग एकदिने रचनाबाचन कार्यक्रम बेत्रावती प्रहरी कार्यालयकै सभाहलमा सम्पन्न गरिएको थियो ।आम जनमानसमा कानून कार्यान्वयनमा कठोर रुपमा प्रस्तुत हुने प्रहरी पनि आखिर मान्छे नै हो उ भित्र पनि आम मानिसमा झै काव्यिक भाव रहन्छ । कानून कार्यान्वयन पेशागत कर्तब्य हुंदा हुंदै पनि मानवीय समबेदना लगायत सृजनशील कर्ममा पेशाले कुनै असर पार्दैन,रोकिंदैन छेकिंदैन भन्ने प्रमाणित भएको कुरा सहभागी हरुले बताएका छन् ।

कार्यक्रम उत्तरगया गाऊँ पालिका ५ बेत्रावतीका वडाध्यक्ष यमनाथ आचार्यको प्रमुख आतिथ्यता तथा साहित्यकार छत्रबहादुर खड्काको सभापतित्वमा बिशेष अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुबेदी एवं साहित्यकार तथा स्रष्टा पदयात्राका संयोजक शितल गिरी र साहित्य संगम नुवाकोटकी अध्यक्ष एवं साहित्यकार सुमित्रा ‘सुमी को आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख ,बिशेष र अतिथिहरुले ब्यानरमा हस्ताक्षर गरि सुसम्पन्न गरिएको थियो ।

कार्यक्रममा काठमाडौंबाट गएका र स्थानीय स्रष्टाहरू द्वारा रचना बाचन गरिएको थियो । जसमा-सन्दीप सापकोटाद्वारा मुक्तक, माधव घिमिरे मुक्तक तथा गजल,शान्ति सिग्देलद्वारा -“वसन्त ” कविता , सागर न्यौपानेद्वारा गजल,भगवती लामाद्वारा मुक्तक, शम्भु गजुरेल द्वारा मुक्तक,रूपा थापा- गद्यकविता ,उद्घोषक कवीन्द्र घिमिरे – गजल ,नगाधिराज-कविता “ए काल लैजा..” ,शान्ति सापकोटा -कविता “जीवनसार” ,लीलाराज दाहाल-गजल,माधव घिमिरे अटल-“पृथक परिदृश्य” गद्यकविता ,खोलाघरे साहिंलो द्वारा मुक्तक, गंगाप्रसाद भेटवालद्वारा ”कहाँ छ हाम्रो देश”कविता ,प्रभा बरालद्वारा ”आमाको दैनिकी” कविता असीम सागरद्वरा ” ” पृथ्वी रहुन्जेल त हामी रहौंला त्यसपछि ? ”गद्यकविता ,अप्सरा ढकालद्वारा ”मलाई यस्तै लाग्छ” गद्यकविता ,ऋचाको ”भोकको कर्तव्य” ,घनश्याम प्रसाईं ” उठ किसान दाजुभाइ अ‍ौजार बोकी हातमा सरकार छैन हाम्रो साथमा” गीत,छवि ओझाद्वारा ”नारीलाई सन्देश ” कविता सुमित्रा ‘सुमी’ लगायतले’’जन्मघर छोड्दा” कविता वाचन गरिएका थिए ।

मनतव्यका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुबेदीले बंदकोठामा गुम्सिएर सृजना गरिने साहित्यभन्दा शब्दका कुचिकारहरुको खुल्ला संशारमा बिचरणमा प्रस्फुटन हुने साहित्यले गुणातमक रुपमा पाठकहरुका मन मस्तिष्कमा गहिरो छाप छोड्न सफल हुने भएकोले श्रष्टा पदयात्रा फलदायी हुने बिचार ब्यक्त गरेका छन् ।

यसैगरि मन्तव्यकै क्रममा साहित्यकार तथा श्रष्टा पदयात्राका संयोजक शीतल गिरीले ऐतिहासिक तथा धार्मिक क्षेत्र बेत्रावतीका बारेमा पौराणिक रुपमा प्रकाश पार्दै श्रष्टाहरुले आफ्ना सृजनाहरुका माध्यम बाट मानवीय एवं पाठकिय द्रष्टाको अनुभूत गराउनु नै सहि रुपमा सृजनामा अमरत्व प्राप्त गर्नु हो भन्दै अनुसन्धानमा खारिएर सृजनात्मक,तथ्यात्मक यथार्थता पस्कन सक्नुपर्ने कुरामा जोड दिएका छन् ।

यसै क्रममा प्रमुख अतिथि तथा वडाध्यक्ष यमनाथ आचार्यले यस्ता कार्यक्रमले प्रहरी र जनताको साझेदारीमा सामाजिक सद्भाव बढाउने,आपसी मित्रता र सृजनात्मक विकासका अन्य कामहरूसमेत गर्न सकिन्छ भन्ने सन्देश प्रवाहित गर्ने बिचार ब्यक्त गरेका छन् । स्वागत मन्तव्यका क्रममा गणेश श्रेष्ठ द्वारा बेत्रावती तथा उत्तरगयाका बारेमा धार्मिक तथा ऐतिहासिक महत्वका बिषयमा प्रकाश पारिएको थियो ।

उक्त कार्यक्रमको संयोजन तथा संचालन कवि गजलकार तथा बेत्रावती प्रहरी चौकी प्रमुख सइ कवीन्द्र घिमिरे द्वारा गजल मुक्तकको प्रस्तुति संगै रोमान्चक र आकर्षक ढंगले प्रस्तुत गरिएको थियो । अन्त्यमा कार्यक्रमको समापन पश्चात पदयात्री टोली नुवाकोट दरवारको अवलोकन गर्दै काठमाण्डौ फर्किएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend