logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नायक सितल के.सि.सार्वाधिक मतसहित निर्वाचित


  • जन आकाश
  • बुधबार, चैत्र ८ २०७९

काठमाडौ । नायक शितल के.सी चलचित्रकर्मी कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघको सम्पन्न १९ औं साधारण सभाबाट कार्यकारी सदस्यमा सर्वाधिक भोट प्राप्त गरि विजयी भएका छन । यस अघिको कार्यकालमा पनि कार्यकारी सदस्य रहेका उक्त पदमा केसी सर्वाधिक तीन सय दुई मत ल्याएर विजयी भएका हुन ।



करीव २ दशक भन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय नायक केसी म्यूजिक भिडियो,टेलिचलचित्र तथा विज्ञापनहरुमा रुचाइएका अभिनेता हुन । राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड तथा सम्मान प्राप्त गरिसकेका के.सी का दर्जनौ चलचित्र लोकप्रिय छन । टेलिचलचित्रबाट अभिनय यात्रामा प्रवेश गरेका उनी आफ्नो कार्यकालमा कलाकारहरुको हकहितका लागि सदा अग्रसर रहने र कलाकारहरुको यो विश्वासलाई सधै कायम राख्ने प्रतिवद्धता व्यक्त गरे ।

यसै ,गरि सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न १९औँ साधारण सभामा उनी कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन् ।
उपाध्यक्षमा कविता गेलालले एक सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी भए ।

यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले दुई सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले दुई सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सह कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइन् ।

सितल  के. सि. यश जन आकाश मिडियाले निर्माण गरेको ” आउन साथी आउ” बोलको स्वदेश गानमा पनि अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend