logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दर्शकले रुचाएसँगै ‘नाईं नभन्नू ल ६’ बन्यो अनुभव र योगिशाको जोडी देख्न सकिने


  • जन आकाश
  • बुधबार, चैत्र ८ २०७९

काठमाडौंँ । ‘नाईं नभन्नू ल ६’ आगामी नयाँ वर्षबाट प्रदर्शनमा आउने बताइएको फिल्म हो । फिल्मको एउटा गीत र टिजर सार्वजनिक भइसकेको छ । जसले फिल्म प्रति दर्शकको ध्यान खिच्न सफल भएको छ । यस्तैमा प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको अहिले काठमाडौँस्थित पशुपति क्षेत्रमा केही भागको छायांकन भैरहेको छ । जसमा कलाकार अनुभव रेग्मी र ‘प्रेमगीत ३’ की बाल कलाकार योगिशा खत्रीले अभिनय गरिरहेका छन् ।



फिल्मको छायांकन स्थलबाट सार्वजनिक भएको केही तस्बिरमा पनि अनुभव र योगिशासँगै देखिएका छन् । तस्बिर अनुसार फिल्ममा अनुभव र योगिशा जोडीको रुपमा देखिने बताइन्छ । पाँचौ श्रृखलासम्म दर्शकले रुचाएको ब्राण्ड हो ‘नाईं नभन्नू ल’ । विकासराज आचार्यद्वारा निर्देशित फिल्मको दुई श्रृखलाबाट जोडिएका अनुभव यो श्रृखलामा पनि छुटेका छैनन् ।  फिल्ममा अनुभव र योगिशाको अलवा आँचल शर्मा, आशिर्वाद क्षेत्री, प्रियंका कार्की, सरोज खनाल, केकी अधिकारीको पनि अभिनय छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend