जन आकाश
बिनोद कार्की
काठमाडौ । पछिलो समय नेपाली संगितिक क्षेत्र फराकिलो बन्दै गएको छ । त्यस्तै संगितिक क्षेत्रमा पछिलो समय एक पछि अर्को गरेर गितहरु आउनेक्रम बढेसंगै कलाकारले नयाँ नयाँ गितहरु सार्वजानिक गरेका छन् । सोही क्रम्मा गायक सन्तोष बिसी र गायीका सपाना गुरुङले चियामिठो गीत बजारमा सार्वजानिक गरेका छन् ।
हुन ,त नेपाली बजारमा गीतसंगितहरु नयाँ नयाँ दिनौ भित्रिने गर्दछन् । कुनै गीतले शन्देस दिएका छन् , भने, कुनै गीतले बिकृती फैलाउँदै आएकाछन् । पछिलो समयमा हेर्ने हो भनि लोकगीतमा पनि भाईरल हुने छिटै नाम कमाउने सोक्ले कलाकारले बिकृतिजनक भिडियो बजारमा ल्याउने लोकगीतलाई पनि रयापमा परिवर्तन गर्ने गरेका दिखिन्छन् । अहिले हेर्ने हो भने नेपाली (लोकसंकृति) बिस्तारै लोभ हुदै गएको देखिन्छ ।
यस्तै आफ्नो मौलिक लोक संकृतिको जगेर्ना गर्दै चियाछानेको गीत बजारमा सार्वजानिक भएका छ । सोही गीत दर्शकहरुमाझ निकै लोकप्रिय बन्दै गएको छ । गीतमा स्वर सन्तोष बिसी र सपना गुस्ङको रहेको छ । भिडियो निर्देशक मिलन श्रेष्ठले गरेका छन । भने गीतमा लोमश शेर्पा र नारायणी खत्रीको अभिनय आकर्षक रुपमा देख्न पाइन्छ ।
बाल्यकाल र आफ्नो गाउँघरलाई समेटेर बनाइएको यो गीत सुन्दा निकै मजा आउने गाउँघर छोढे्र जति टाढाँ गएपनि यो गित सुन्दा गाउँघरको याद दिलाउँने दुख सुखमा सुन्ने गित बनेको छ । उक्त गीत प्युठानी अनिल बिष्ठ युटुब च्यानलबाट सार्वजानिक भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend