logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपालमै उत्पादन हुन लागेको ग्रन्थ ईभीको (Authorized Distributor of FD Motors)  मूल्य बढाउन ठूला कम्पनीको दबाब


  • जन आकाश
  • शनिबार, चैत्र ११ २०७९

काठमाडौं । नेपालमै उत्पादन हुने तयारीमा रहेको विद्युतीय स्कुटर ग्रन्थको मूल्यलाई लिएर केही कम्पनीहरूले दबाब दिएका छन् । बजारमा रहेका केही स्कुटर कम्पनीहरूले ग्रन्थ ईभीको मूल्य कम भएको र त्यसलाई बढाउन दबाब दिएका हुन् ।



अन्य भन्दा सस्तो मूल्यमा गुणस्तरीय विद्युतीय स्कुटर उत्पादन गर्ने तयारीमा रहेको ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि वैशाखदेखि ग्रन्थ ईभी नेपालमै उत्पादन गर्ने गरी काम अगाडि बढाएको छ ।

तर काम अन्तिम चरणमा पुग्दा स्कुटरको मूल्य बढाउन ठूला कम्पनीले नै दबाब दिन थालेका छन् । ग्रन्थ ईभीले साढे २ लाखदेखि ३ लाख रूपैयाँमा उच्चस्तरीय सुविधासहितको विद्युतीय स्टकुर प्रदान गर्ने जनाएको छ ।

‘साढे २ लाखदेखि ३ लाख रूपैयाँमा विद्युतीय स्टकुटर दिने तयारी गरेका छौं,’ कम्पनीले विज्ञप्तीमा भनेको छ, ‘तर बजारमा उपलब्ध अन्य स्कुटर बिक्री गर्ने कम्पनीले आफ्नो जत्तिकै मूल्य राख्न दबाब दिएका छन् ।’

यदी आफ्नो स्कुटरहरूको मूल्य अनुसार ग्रन्थ ईभीको मूल्य नराखे उद्योगमा गार्‍हो हुने भन्दै घुमाउरो पारामा घम्की दिइरहेका छन् । विशेष गरी बैंकमा सञ्चालक रहेका व्यक्तिको स्कुटर कम्पनीबाटै दबाब आएको छ । बजारमा उपलब्ध अन्य स्कुटर भन्दा ग्रन्थ ईभी १ लाख सस्तो रहेको कम्पनीको भनाइ छ ।

यस्तो छ ग्रन्थ ईभीको स्कुटरको विशेषता
ग्रन्थले बनाउने विद्युतीय स्कुटरमा साइड ड्राइभ मोटर प्रयोग गरिएको छ । यो मोटरका कारण उकालो ओरालोमा स्कुटर सजिलै गुडाउन सकिन्छ ।
राम्रो र पावरफुल परपर्मेन्स पनि हुन्छ । पर्मानेन्ट म्यागनेट सिङ्क्रोनाइजेसन मोटर प्रविधिमा आधारित साइड ड्राइभ मोटर प्रविधि टेस्लाले समेत प्रयोग गर्ने गरेको उत्पादकको भनाई छ ।

यो कम्पनीले उत्पादन गरेको स्कुटरमा लिथिमय आइरन फस्पेट ब्याट्रि प्रयोग गरिएको छ । यो ब्याट्रीले रेञ्ज बढी दिन्छ । ब्याट्री र मोटरमा ३ वर्ष वारेन्टी पाइने छ ।

४ देखि साढे ४ घण्टामा उक्त स्कुटर फुल चार्ज हुनेछ भने अधिकतम रेञ्ज ११० किलोमिटर दिनेछ । यसमा ब्याट्री ब्रेक रिजेनेरेटेड सिस्टम प्रयोग गरिएको छ । यसले गर्दा ब्रेक हान्दा खर्च भएको शक्तिले फेरि ब्याट्रीमा आएर रिचार्ज हुन्छ, जसले गर्दा रेञ्ज बढी दिनेछ । स्कुटरमा फास्ट चार्जर प्रविधि पनि राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend