जन आकाश
काठमाडौ । गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण गरिएको छ । शुक्रबार ठमेलमा एक विशेष समारोहबीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङको प्रमुख आतिथ्यतामा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले पुस्तकको लोकार्पण गरेका हुन् ।
पुस्तकमा गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको प्रमुख अतिथिहरूले बताएका थिए । उनिहरूले गितार सिक्न चाहनेका लागि यस्तो खालको पुस्तक नेपाली पाठकमाझ नआएकाले यो धेरै उपयोगी हुने बताए ।
सुनिल गुरुङ पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुन । उनले सन् १९८२ मा स्ट्रिङ्गस ब्याण्ड खोलेका थिए । ब्याण्डमा उनीसँगै सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर रहेका थिए । ब्याण्डले थुप्रै गीत,संगीत बजारमा ल्याएको छ । ठमेलमा लाइभ म्युजिक गर्ने यो पहिलो ब्याण्ड भएको दावी कार्यक्रमा दिइएको थियो ।
ब्याण्डमा पछि वासु खड्का, सुनिल सिंह, प्रवीन श्रेष्ठ, सोनम श्रेष्ठ रहेका थिए भने अहिले सरोज शाहीले यसलाई अगाडि बढाइरहेको पनि कार्यक्रममा जानकारी दिएको छ । यसमा अहिले सरोजसँगै दिपक प्रधान, कुन्दन जोशी, शरण देउला र सौरभराज जोशी समावेश भईरहेको उल्लेख गरेका छन् ।
सुनिल यतिबेला बेलायतमा बस्दै आएका छन । नेपाल आएको छोटो समयमा ब्याण्डका साथीसँग भेटघाट र पुस्तक प्रकाशन गरेको उनले बताए । पुस्तक समारोहमा उनका पुराना साथीभाइ र गीत(संगीतका व्यक्तित्वका साथै सञ्चारकर्मीको उपस्थिति थियो ।
स्मरणीय कुरा के छ भने पैशा कमाउदै गएपछि मानिसहरुलाई सान, मान, नाम चाहिन्छ भने जस्तै फेशनको रुपमा रहेको नेपाली समाजमा किताव अर्कैले लेखिदिने पैशा लिएर प्रेसले छापिदिने र पैशा हुनेले खर्च गरेर लोकार्पण गर्ने चलन नै बसिसकेको छ । वास्तविक लेखक विद्यागत मानिसाहरुको उजागर नेपाली समाजमा हुन छोडिसकेको छ । एक लाँख भन्दा बढी पैशा तिरेर वेलायतको एउटा गिनिज बुक अफ रेकर्डमा नाम राख्नेहरुको कमी नभएको देशमा नेपालका बिषय बस्तुमा एउटा आर्टिकल लेख्ने लेखक पाईदैन तर दैनिक किताव, विमोचन गर्दै खादा लगाउदै ठुला लेखक बन्ने होड भने जताततै देख्न पाइन्छ । गुरुङले लेखिएको किताव पनि त्यस्तै नहोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend