जन आकाश
काठमाण्डौं – विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्राईएकोे सुराकीको आधारमा प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा अवैध कारोवार गर्ने व्यक्तिहरुको खोजी कार्य जारी भइरहेको जनाएको छ ।
यसै क्रममा टाटाका अवैध पार्टसहरुको कारोवार गर्ने जडिबुटीस्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक बिनोद कार्की र पोखरास्थित स्टार अटो पार्टस्का सञ्चालक सतिस शाक्य तथा पूर्वी तराईका जिल्लाहरुमा इनरुवा ४, सुनसरीस्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८, मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जिवन पोखरेल र विराटनगर ११, मोरङस्थित मनोकामन इन्टरनेशनलका सञ्चालक ध्रुव सिङ चौहान लगायतका व्यक्तिहरुलाई सम्बन्धित निकायमा उपस्थित गरार्ई अबका दिनमा यस्ता कार्यमा संलग्न नहुन सचेत गराई पठाईएको उल्लेख छ ।
यस्ता पार्टपुर्जाको प्रयोगले गाडिहरु अप्रत्याशित दुर्घटना भई ठुलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुनसक्छ भने राज्यलाई पनि राजस्वको ठूलो हिस्सा गुमिरहेको छ । साथै वैधानिक रुपमा कारोवार गर्ने व्यवसायीहरु पनि प्रत्यक्ष रुपमा प्रभावीत भई व्यवसायबाट हुन सक्छन् ।
यस्ता कुराहरु व्यवसायीहरुले प्रशासनलाई राख्दै आएको थियो । सो बिषय प्रशासनमा आएपछि नेपाल प्रहरीद्धारा काठमाण्डौ उपत्यका लगायत देशका मुख्य शहरहरु र पश्चिम तराईका जिल्लाहरुमा अवैध कारोवारमा संलग्न व्यक्तिहरुको व्यापक खोजी कार्य गरिएको थियो । सोही क्रममा एक खालका समूहलाई प्रहरी नियन्त्रणमा लिएर कारवाही गरेको हो । अन्य यस्ता नक्कली पाटर्सपुर्जा बिक्री गर्नेहरुलाको खोजी कार्य भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend