logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल लाईफको ओरालो यात्रा


  • जन आकाश
  • मंगलबार, चैत्र १४ २०७९

काठमाडौ । नेपालमा लाईफ इन्स्योरेन्स कम्पनीहरुको प्रतिस्पर्धा निक्कै भईरहेको छ । यो अवधिमा अन्य लाईफ ईन्स्योरेन्स कम्पनीहरुले बिमितहरुलाई बिभिन्न खालका सुविधा दिईरहेको वेला नेपालको १९ वटा  लाईफ ईन्स्योरेन्स कम्पनीको एक तिहाई बजार ओगटन सफल नेपाल लाइफ ईन्स्योरेन्स कम्पनीले खासै सुविधाहरु नदिदा र सुविधा दिने प्रतिस्पर्धा गर्न नसक्दा नेपाल लाईफको ओरालो यात्रा सुरु भएको छ ।



कम्पनी ओरालो लाग्नुका कारणहरु धेरै छन् । त्यसमध्ये पुराना इमानदार कर्मचारीहरुलाई बिभिन्न बाहनामा जागिर छोड्न बाध्य बनाएका, विवेक झा नेपाल लाईफ कम्पनीमा लामो समय तलदेखि काम गर्दै आएका र पछि नेपाल लाईफको सिइओसम्म भएका थिए । उनले दुई कार्यकाल सफलतापुर्वक कार्य सम्पादन गरेर अवकास लिएका थिए । उनको कार्यकाल समाप्तिसँगै नेपाल लाईफको ओरालो यात्रा झनै तिव्र बनेको छ ।

पुराना पोलिसीहरुलाई परिमार्जन गरी विमितको हित विपरित सेवा सुविधा नबढाई कम्पनीको फाइदाका लागि बीमा शुल्क महगो बनाई बिमित तथा अभिकर्ताहरुलाई झनै अफ्ठ्यारो बनाएर बिमितलाई निरुत्साहित बनाएपछि एकपछि अर्को गर्दै नेपाल लाईफको यात्रा ओरालो लागेको लाग्यै छ ।

कम्पनीले पुराना अनुभवि कर्मचारीहरुलाई बिभिन्न बहाना बनाई जागिर छोड्न बाध्य बनाएको र अपायक पर्ने ठाउहरुमा मनलागी कम्पनीका उच्च तहका कर्मचारीहरुले तल्लो तहका कर्मचारीहरुलाई सरुवा,बढुवा गराई इमानदार कर्माचरीहरुलाई जागिर छोड्न बाध्य बनाएको छ । अनुभवि विहिन कर्मचारीका कारण विश्वसनीयतामा कमी आएको छ । विश्वसनीयतामा कमी आउन थालेको झण्डै एक बर्ष भईसकेको र अहिले मुनाफा पनि घटेको छ । नयाँ बिमितले बीमा गर्न कम भएको र मुनाफामा कमी आएको छ । मुनाफामा कमी आएपछि नेपाल लाइफ ईन्स्योन्स यतिवेला धारासाही बन्दै गएको छ ।

कम्पनी बिमित र कर्मचारीको सवैको हितको लागि अभिकर्ता संघले काम गरिहरेको थियो । विगत एक बर्षदेखि अभिकर्ता संघ विवादित गरी विभिन्न धारमा फुटाई कम्पनीले फाइदा लिन खोज्दा अभिकर्ता बिमितलाई अफ्ठ्यारो पर्दा कम्पनी झन धारासायी अवस्थामा पुगेको हो ।

कम्पनीले यसरी अभिकर्ता संघलाई फुटाउदा धेरै फाइदा लिन सक्ने आकलन गरेर फुटाएको भएपनि त्यसले झनै कम्पनीलाई क्षति पुगेर कति अनुभवि अभिकर्ताहरु अन्य कम्पनीमा पलायन हुन पुगेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend