जन आकाश
रामेछाप । नेपालमा विदा भन्ने बित्तिक्कै मानिसहरुको मष्तिकमा खेल्ने उफ्रने, डुल्ने, साथीभाईसँग गफिने जस्ता कुराहरु मनमा उत्पन्न हुनसक्छन् । तर कतिपय रचनात्मक रुपमा प्रगति गर्न चाहने सृर्जनशील बिद्यार्थीहरुले बिदाको समयलाई समेत सदुपयोग गरेर देखाएका उदारणहरु धेरै छन् ।
त्यस्तै राम्रो उदारणहरुवाट प्रेरित भएर दोलखाको उत्कृस्ट विद्यालय हनुमन्तेश्वर मा .वि .ले विदाको समयमा बिद्यार्थीहरुका अविभावकलाई सन्देशमुलक अनुरोध गरि उत्कृष्ट कार्य गर्ने प्रयास गरेको छ । अभिभावकहरुमा बिद्यालयले गरेको अनुरोध यस्तो रहेको छ ।
-आफुभन्दा ठुला र साना मानिस संग गरिने व्यवहार,आदर, सम्मान र माया गर्न सिकाउनुहोस । साथै सहि र गलत छुट्याउन सिकाउनुहोस् ताकि उनिहरुमा निर्णय लिने क्षमताको विकास होस ।
-वालवालिकाहरुलाई समयको कदर गर्न सिकाउनुहोस् । जिवनमा अगाडि बढ्नको लागि समयको महत्व बुझ्न् एकदमै जरुरि हुन्छ । आफ्नो काम प्रति निष्ठावान् र इमान्दार बन्न सिकाउनुहोस् ताकि लापरवाहिले काम गर्ने बानिको अन्त्य होस् ।
-घरमा संगै बसेर खाना खाने समयमा किसानको कर्म र परिस्रम बारे बुझाउदै खाना खेर फाल्नु हुदैन भन्ने कुरा सिकाउनुहोस् ।
-आफ्नो घरमा व्यवहारिक कुराहरु जस्तै सरसफाई गर्न, खानाखाजा खाएको थाल/प्लेट सफा गर्न लगाउनुहोस् जसबाट समाजको र कामको मुल्य बुझ्न सकुन ।
-भान्छामा आमाबुवा लाई तरकारी काट्न, फलफुल काट्न र पकाउन सहयोग गर्न भन्नुहोस ।
-कहिलेकाहि नानिबाबुहरुलाई काम गर्ने ठाउमा लगी तपाईले आफ्नो परिवारको लागि कति कडा परिस्रम गरिरहनु भएको छ बुझ्न दिनुहोस ।
-नानिबाबुहरुलाई अनुभव पनि गर्न दिन बाहिर खेल्न, फोहोरि हुन दिनुहोस् जसले आरामदायि कोठाको अल्छि स्वभाव हटोस् ।
-प्रकृति ज्ञानको भण्डार हो । नानिबाबुहरुलाई प्रकृति सग खेलेर रमाउन दिनुहोस् ताकि नानिबाबुहरुलाई सिर्जनात्मक कुरा गर्न , वास्तविकता महशुस गर्न र अनुभव गर्न सकुन् । नानिबाबुहरुले अनुभव गरेका कुराहरु लेख्न पनि लगाउनुहोस् ।
-नानिबाबुहरुलाई मोबाइल ,कम्प्युटर र बिधुतिय उपकरणहरुलाई प्रयोग गर्न दिइ IT सिकाइ संग जोड्नुहोस् साथै आफु अगाडि् बसेर प्रयोग गर्न दिनुहोस् । ताकि Pubg, free-fire, video, facebook,cartoon, tiktok र yoy-tube को चरम दुरुपयोग गरि सिर्जनशिलता,उसको स्मरण शक्तिमा असर नपुगोस ।
-आजकलका बालबालिकाहरुमा धैर्यताको कमि देखिन्छ,उनिहरुलाई हरेक कुरा चाडो र हातमै चाहिन्छ,त्यसैले उनिहरुलाई धैर्य गर्न सिकाउनुहोस् ताकि धैर्य र मिहिनेतले सबै काम सफल हुन्छ भनेर बुझ्न सकुन ।
-पठन सस्कृतिको बिकास गर्न आफ्ना नानीबाबुहरुलाई सन्दर्भ पुस्तकहरु, कथा ,उपन्यासहरु पढ्न लगाउनुहोस ।
यो बिदाको समयको सहि सदुपयोग गरी नानिबाबुहरुलाई सास्कारिक ,व्यवहारिक तथा नैतिक मुल्यमान्यताको शिक्षा दिनुहुनेछ भन्ने अपेक्षा गर्दै त्यस्ता कार्यहरुको तस्बिर खिचि बिद्यालयमा पठाई दिनुहुन समेत अनुरोध गर्दछौ ।
भरत के सि
प्रधानाध्यापक
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend