जन आकाश
बिनोद कार्की ।
काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइसको संरचनाअनुसार चारैवटा कुर्सी घुमाउन सक्ने प्रतिस्पर्धीलाई अरुभन्दा केही अब्बल मानिन्छ । भ्वाइसको यो हेर्नलायक शैली पनि हो । जसले गर्दा यसलाई अरुभन्दा पृथक तुल्याएको छ । चारै कुर्सी घुमाउने ट्यालेन्ट आफ्नो टिममा लिन कोच बीच प्रतिस्पर्धा पनि चल्छ ।
यस्तै अष्ट्रेया जन्मिएकी अष्ट्रियामै बस्दै आएकी सुमधुर स्वरको धनि नेहारिका खड्काको गायकी प्रस्तुतीबाट चारै जाना कोचलाई घुमाउन सफल भइन् । उनले आफ्नो गायकी प्रस्तुतीबाट सबै कोच र दर्शकहरुलाई चकित पारिदिन । अहिले उनी सुशान्त केसीको टिमबाट ब्याटल राउण्डमा प्रतिस्पर्धा गरिराखेकी छिन् ।
उनको गायकी प्रस्तुतीबाटै प्रष्ट हुन्छ । गीत / संगित प्रतिको लगाव कति छ , भनेर “कतिपय अष्ट्रियामा बस्ने बालबालिकाई नेपाली भाषा शुद्ध बोल्न समेत आउदैन । तर नेहारिको यति मिठो आवाज नेपाली पनमा झल्किदा गाउँघरको भिरपाख अनि घाँसदाउरा गरेको झझल्को आखाँ मै आउथ्यो । नेहारिकाको नेपाली गीत / संगित प्रतिको मायाँ देख्दा आम दर्शक स्रोताहरुले अडकल काटन थालिसकेका छन्” पकै भ्वाइसको उपाधि नेहारिकाले त जित्ने हैन्न् भनेर ?
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend