logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते प्रदर्शनको तयारीमा


  • जन आकाश
  • शुक्रबार, चैत्र १७ २०७९

काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडलाई सांगीतिक शैलीमा प्रस्तुत गरिएको छ । ड्रामा र एक्सन दृश्यले समेत भरिपूर्ण ट्रेलरमा डेब्यु अभिनेता आशिर्वाद क्षेत्री शीर्ष भूमिकामा देखिएका छन् ।



आशिर्वाद र आँचललाई रोमान्टिक जोडीको रुपमा प्रस्तुत गरिएको छ । गायिकाको रुपमा सफल हुन संघर्ष गरिरहेको पात्रको भूमिकामा उनी प्रस्तुत छन् । विकास आचार्य निर्देशित फिल्ममा कलाकारहरुको पल्टन नै छ । सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीसहित अन्य बाल कलाकारलाई पनि चित्रण गरिएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend