जन आकाश
काठमाडौं । तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करणका लागि आवदेन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको तेस्रो संस्करणका अवार्डका लागि आवेदन आव्हान गरिएको थियो ।
आगामी वैशाख ९ गते शनिबार जमलमा रहेको होटल यल्लो पगोडामा एक विशेष भव्य समारोहबीच उत्कृष्ट पाँच मध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने अवार्ड संयोजक गीता अधिकारीले बताउनुभयो । अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र भाषाभाषीका गीतलाई समावेश गरिएको छ ।
अवार्ड समारोहमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याउनुभएका एक जना विशिष्ट व्यक्तिलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने साथै गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो । यसअघि ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ बरिष्ठ संगीतकार राजु सिंह र गुरुदेव कामदलार्ई प्रदान गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend