logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नयाँ वर्षमा यामाहाले ल्यायो उपहार योजना


  • जन आकाश
  • शुक्रबार, चैत्र १७ २०७९

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले अविश्वसनीय र उत्साहजनक अफरहरूले भरिपूर्ण योजना ल्याएको छ ।



पावर अफ फाइभ  योजना अन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने छ । त्यस्तै, खरिद गरेपछि फेरी वाइल्ड कार्ड मार्फत रु १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने छन् ।

खरिद गरे पश्चात् पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमाक iPhone 14 वा Apple Watch वा Apple AirPods जित्ने मौका पाउनेछन् । यो योजना R15 , MT15 र Fascino मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागु हुनेछ ।

यामाहा नेपालले यो योजना अन्तर्गत पाँचवटा अफर ल्याएको छ । पहिलो योजना अन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी yamahapowerof5.com मा गएर वा QR कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन् । सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन् । ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर रु १ लाखसम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन् । बाइक वा स्कुटरको खरिदमा ग्राहकहरूले एक पृथक रेफरल कोड पनि प्राप्त गर्नेछन् जुन वहाँहरूले iPhone 14 वा Apple Watch वा Apple AirPods जित्नका लागि सकेसम्म धेरै व्यक्तिहरूलाई शेयर गर्न सक्नेछन् ।

एमएडब्लु यामाहाका सीईओ राजु क्षेत्री भन्नुहुन्छ, हामी २०८० को लागि पावर अफ फाइ अफर सुरु गर्न पाउँदा रोमाञ्चित छौं । यो योजना ग्राहकहरूलाई अधिकतम लाभ प्रदान गर्न ल्याइएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend