जन आकाश
मोहन कार्की ।
काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको नेतृत्वमा आज पशुपित क्षेत्रको सरसफाई भएको छ । मन्त्री किरातीले प्रत्येक शनिवार पशुपति क्षेत्रको सरसफाई गर्ने अभियाँन चलाउदै आएका छन् । उनको नेतृत्वमा पशुपति क्षेत्रको सरसफाई तेस्रो चरणको हो । यो भन्दा अगाडी मन्त्री किरातीको नतृत्वमा दुईपटक शनिवार सरसफाई भईसकेको छ ।
यो तेस्रो चरणको कार्यक्रममा जनआकाश मिडिया लगायत गुप्रै संघ, संस्थाले साथ दिने सार्वजनिक भएपछि उल्लेखिय मात्रमा मानिसहरुको उपस्थिति हुनको साथै नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी बल, बिभिन्न संघ, संस्थाहरुको सहभागितामा फोहोर सफा गरेर पलाष्टिकमा प्याक गरी पशुपतिनाथ क्षेत्र बिकास समितिको गाडीमा लोड गरेर पठाएका छन् ।
सरसफाईमा सहभागी हुनुभन्दा अगााडी मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रमा रहेका मन्दिरहरुको विहान सवेरै दर्शन गरेका थिए । सरसफाई अभियानमा पुगेका अर्का नेपाली सस्कृति बचाउ अभियाँनका इन्दे«णी कार्यक्रम चलाउदै आएका चर्चित कृष्ण कडेल जन आकाश मिडियाका मोहन कार्की लगायतको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा पशुपति क्षेत्र बिकास कोषले सरसफाई अभियानमा “सफा पशुपति स्वच्छ पशुपति” जस्ता सन्देशमुलक माइकमा अनुरोध पुर्वक गीतहरु बजाएको थियो ।
उक्त कार्यक्रममा नागरिक उड्ययन प्रधिकरण, नारायणहिटी सङग्रहलय व्यवस्थापना तथा सञ्चालन समिति, पुरातत्व बिभाग तथा मातहत निकाय लगायतले व्यनगर सहित उपस्थिति भएका थिए र सरसफाईमा भाग लिएका थिए ।
कार्यक्रम ८ बजे पशुपति क्षेत्रको पोडेपाटी कुलेसोमा जम्मा भएर रहेको फोहोर सफा गरेर गरिएको थियो । उक्त फोहोर सफा गर्न मन्त्री किराती आफैले अगुवाई गरेका थिए ।
कतिपय संघ,संस्थामा पदाधिकारीहरु चै फोटो खिचेर सस्तो लोकप्रीयता कमाउनका लागि आएजस्तो देखिन्थ्यो यसो फोहोर उठाएको जस्तो गर्ने अर्को साथीलाई मोवाईलमा फोटो खिच्न लगाएको दृष्य देखिन्थ्यो ।
त्यस पोडेपाटीमा रहेको फोहोर सफा गरिसकेपछि मन्त्री किराती सडकवाट भण्डराखाल पुगेका थिए र कतिपनि घिन नमानी मुख छोपेर नाली समेत सोर्न नहिच्किचाई सफाई अभियानमा मन्त्री किराती लागेका थिए ।
उनले पशुपति बिकास कोषका पदाधिकारीहरुलाई बिभिन्न ठाउमा डष्पिन किन नराखेको भनेर सोधेका थिए । पशुपतिनाथ क्षेत्र बिकास कोषका पदाधिकारीले पलाष्टिकमा डष्पिन भएको हुनाले राति अरुले उठाएर लग्ने गरेको प्रतिक्रिया दिएका थिए । पुनः मन्त्री किरातीले फलामाकै डस्पिन व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।
एकजना त्यही पशुपति बिकास कोष आसपासमा बस्ने स्थानीयले जङग बहादुरको पालामा वेलायतवाट ल्याएर रोपेको रुख पानीको अभावमा सुकेको भनेर गुनसो गरेका थिए । सल्लोको रुख र अर्को एउटा अजङगको रुख सुकेर ठिङग उभिएका थिए । जुन रुख विस्तारै कुहियर जान सक्ने देखिन्छ । त्यस सुकेको रुखलाई समयमा नै काटेर सदुपयोग गर्न पर्ने देखिन्छ । नेपालमा यस्ता प्रकृतिक, सास्कृतिक, धार्मिक, लगायत क्षेत्रको सदुपयोग गर्न नजान्दा नेपालले आर्थिक लाभ लिन सकेको छैन ।
अन्तमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै मन्त्री किरातीले भने “मैले आज पशुपति क्षेत्रका सवै मन्दिरहरुमा विहानै पुजा गर्न पुगेर हेरे याहा भित्र १०० भन्दा बुद्धका कद भएका र्मुितहरु देखे, किराती सस्कृतिका मुर्तिहरु देखे, हाम्रो धर्म संस्कृति यति राम्रो रहेछ की सवै धर्मलम्बिहरु मिलेर बसेका रहेछन् । जातपातको धर्मको नाममा विभेद गर्ने त हामी मानिसपो दानव जस्ता हरेछौ । हाम्रो सदभावपुर्ण सस्कृति समाभावमा रहेको परम्परा र देशको मात्र नभएर विश्वको पवित्रस्थल सफा छैन भने अन्त काहा सफा हुन्छ त्यसैले विश्वको पवित्रस्थल पशुपतिनाथ क्षेत्रको फोहोरलाई सफा गरेर सफा, शान्त बनाएर विश्वलाई शान्तिको सन्देश नेपालको पशुपतिनाथवाट दिनुपर्छ भनेर यो अभियाँन थालेको हो” मन्त्री किरातीको भनाई हो यो ।
उनले प्रत्येक हप्ताको शनिवार यसैगरी अभियान चलाउने बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend