logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

शाहरुखको ‘जवान’ फिल्ममा दीपिकाको इन्ट्री


  • जन आकाश
  • आइतबार, चैत्र १९ २०७९

काठमाडौ । बलिउड कलाकार शाहरुख खानका फ्यान अहिले फिल्म ‘जवान’ को प्रतीक्षामा छन् । छायाङ्कन भइरहेको फिल्मको एक्सन पाटोको भर्खर सकिएको छ । निर्माण युनिट अहिले फिल्मको गीत छायाङ्कनमा जुटेको छ ।



निर्माण युनिटले यो अप्रिलमा ‘जवान’का लागि दुई गीत छायाङ्कन गर्ने योजनामा छ । जसको कम्पोज अनिरुद्धले गरेका छन् । एकपछि अर्को गीत छायाङ्कन हुनेछ । अव छायाङ्कन हुने गीतमा दीपिका पादुकोण पनि भित्रिएकी छन् ।

दीपिका र शाहरुखको जोडी रहेको फिल्म ‘पठान’ केही पहिले आएको थियो । जुन दर्शकले निकै रुचाएका थिए । फिल्ममा दीपिकाको प्रवेशले फिल्म प्रति दर्शकका कौतुहलता झन् बढाएको छ ।

‘जवान’को अहिले भिएफएक्स र पोस्ट प्रोडक्सनमा भइरहेको छ । फिल्मको अन्तिम प्रिन्ट १० मेमा तयार हुनेछ । २ जुन २०२३ रिलिज मिति तोकिएको फिल्ममा साउथ स्टार विजय सेतुपतिको नेगेटिभ भूमिका छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend